१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सिटी र टोटनह्याम विजयी

नेपालब्रिटेन डट कम्
५ मंसिर २०७३, आईतवार ०५:०६

लन्डन । इंग्लिश प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत गएराति भएका खेलहरुमा म्यान्चेस्टर सिटी र टोटनह्याम हट्सपर विजयी भएका छन् । अंक तालिकाको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीले गएराती क्रिष्टल प्यालेसलाई २-१ ले हरायो । खेलमा म्यान सिटीलाई विजयी गराउन दुबै गोल याया टुरेले गरे । यो सिजन सिटीका लागि पहिलो खेल खेलेका टुरेले दुई गोल गरेका हुन् ।

प्रिमियर लिग अन्तर्गतको अर्को खेलमा टोटनह्याम हट्सपरले वेष्ट ह्याम युनाईटेडलाई ३-२ ले हराएको छ । टोटनह्यामको जितमा ह्यारी केनको दुई तथा ह्यारी विङ्क्सको एक गोल गरे । वेष्ट ह्यामका लागि मिचेल एन्टोनियो र म्यानुअल लान्जिनीले एक–एक गोल फर्काए ।

प्रिमियर लिग अन्तर्गतकै अर्को खेलमा म्यान्चेस्टर युनाईटेड र आर्सनलले १-१ गोलको बराबरी खेलेका छन् । खेलमा म्यान्चेस्टर युनाईटेडका हुँवा माटाले पहिलो गोल गरेपनि आर्सनलमा ओलिभर जिरुले एक गोल फर्काउदै खेल बराबरी गरेका हुन् । उता लिभरपुल र साउथह्याम्पटनले पनि गोलरहित बराबरी खेलेका छन् ।

गएराती भएका अन्य खेलहरुमा सण्डरल्याण्डले हल सिटीलाई ३-० ले हराँउदा वाट्फोर्डले लेष्टर सिटीलाई २-१ ले हराएको छ । बर्नमाउथले स्टोक सिटीलाई १-० ले हराँउदा एभर्टन र स्वान्सी सिटीले १-१ गोलको बराबरी खेलेका छन् ।