१६ चैत्र २०८०, शुक्रबार
Follow Us

देश होइन सोचाइ गरिब

नेपालब्रिटेन डट कम्
१० मंसिर २०७३, शुक्रबार १३:२२

धादिङ । नेपाली काँग्रेसकी नेत्री डा आरजु देउवाले नेपाल गरिब देश नभई नेपालीको सोच गरिब भएको बताउनुभएको छ । एक्सन नेपाल धादिङको साधारणसभाको आज यहाँ उद्घाटन गर्दै नेत्री डा देउवाले नेपालमा स्रोतसाधनको सदुपयोग गर्न सके मुलुक समृद्धशाली हुने बताउनुभयो । पुरुषको सहभागिताबिना पनि सामाजिक विकासमा महिलाले योगदान पु¥याउन सक्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा एक्सन नेपालका अध्यक्ष भीमप्रसाद ढुङ्गाना, काँग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्मा, हेफर इन्टरनेसनलका निर्देशक तीर्थ रेग्मी लगायतले समाजिक विकासका लागि गैरसरकारी संस्थाको भूमिका महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । एक्सन नेपालले १८ वर्षदेखि जिल्लामा पोषण, जीविकोपार्जन र खानेपानी तथा सरसफाइका क्षेत्रमा काम गर्दै आइरहेको छ ।