६ बैशाख २०८१, बिहीबार
Follow Us

पशुपति शर्माले फेरि ल्याए रगत उम्लने गीत (जता नि चोर)

sarusaru
२ फाल्गुन २०७६, शुक्रबार ०४:४५

काठमाण्डौ –पशुपति शर्माको लुट्न सके लुट केही घण्टामै सरकारले प्रतिबन्ध लगाएपछि युटुवबाट हटाइएको थियो । उक्त गीतको भाग –२ पशुपति शर्माले जता नि चोर भन्ने गीत बिहीबार बजारमा ल्याएका छन् ।
गीतमा पशुपति तँ पनि उही कान्छा म पनि उही
काँ गएर लाउने होला बुद्दी पस्ने सुई
भनेर सबैजना उस्तै भएर देश विकास हुन नसकेको चिन्ता व्यक्त गरेका छन् ।
गीतमा उनले राष्ट्रभक्ति र भ्रष्टाचार विरोधी भाव व्यक्त गरेका छन् ।
उक्त गीतको लय,शब्द तथा संगीत पशुपतिकै रहेको छ भने निर्देशन तथा छायाङ्कन दुर्गा पोडेलले गरेका छन् । पशुपति शर्माकै युटुव च्यानलबाट बजारमा आएको उक्त गीतको भिडियोमा उनका माता पितालाई समेत देख्न सकिन्छ ।