७ बैशाख २०८१, शुक्रबार
Follow Us

शेयर बजारमा आज दुई पटक सर्किट ब्रेक

नेपालब्रिटेन डट कम्
१३ मंसिर २०७३, सोमबार ०९:००

काठमाडौं । शेयर बजारमा कारोवार सुरु हुनासाथ नेप्से अप्रत्याशित रूपमा घटेपछि नेपाल स्टक एक्सचेन्जले आज पनि सर्किट ब्रेक लगाएको छ । बजार ३ प्रतिशतभन्दा बढीले घटेपछि कारोवार शुरु भएको चालिस मिनेटमै ब्रेक लागेको हो ।
स्टक एक्सचेन्जमा सेयर मूल्य केही दिन यता अनपेक्षित रुपमा घटीरहेको छ । कारोबार सुरु भएको ४० मिनेटमै नेप्से ३ प्रतिशत अर्थात ४४ अंकले घटेर एक हजार चार सय पच्चिस दशमलव एकतिस अंकमा झरेपछि सर्किट ब्रेक लगाईएको हो ।
सर्किट ब्रेकपछि पुनः सुरु भएको कारोबारमा पनि नेप्से निरन्तर ओरालो लागेपछि दोस्रो पटक सर्किट ब्रेक लगाईयो । आज कारोबार सुरु भएको पहिलो ४० मिनेटमा १४ करोड ३० लाख रुपैयाँ बराबरको मात्र सेयर किनबेच भयो । यसअघि हिजो पनि नेप्से कारोबार सुरु भएको ४७ मिनेटमा साढे ४६ अंकले खस्किएपछि सर्किट ब्रेक लगाईएको थियो ।
त्यसको १५ मिनेटपछि खुलेको सेयर बजार अन्तिममा झण्डै ६५ अंकले घटेर बन्द भएको थियो । केही दिन यता सेयर बजार तीब्र रुपमा घट्ने क्रम नरोकिएपछि आत्तिएर सेयर बेच्नेहरु बढेका छन ।