१४ बैशाख २०८१, शुक्रबार
Follow Us

इन्डोनेसियामा नेपाललाई स्वर्ण

नेपालब्रिटेन डट कम्
१४ मंसिर २०७३, मंगलवार ०२:४७

काठमाडौं । इन्डोनेसियाको जकारता टिमुरमा सन् २०१६ नोभेम्बर २६ देखि २७ सम्म सञ्चालन भएको छैटौ तेक्वान्दो इन्डोनेसिया डेल्टा कप २०१६ मा राष्ट्रिय तेक्वान्दो संघ–नेपालको टिमले १ स्वर्ण २ रजत नेपाललाई जिताउन सफल भयो ।
क्योरुगी तर्फ खेलाडी कृष्ण थापा (६८–७४ के.जी) ले फाइनलमा इन्डोनेसियन खेलाडी फेरीसन सिस्वान्तोलाई पराजित गरी स्वर्ण पदक हात पार्न सफल भए र कालो पेटी पुम्से तर्फ फाइनलमा कोरियन खेलाडी लि जोङ हङसँग पराजित भई रजत पदक हात पारे । त्यसैगरी क्योरुगी तर्फ समिर थापा (३३–३७ के.जी.) ले फाइनलमा आयोजक टिमका खेलाडी एम. पाइलोसि अरदान्त फिरदाउस सँग पराजित भई रजत पदकमा चित्त बुझाए ।
उक्त प्रतियोगितामा इन्डोनेसिया, नेपाल, कोरिया, मलेसिया लगायत विभिन्न १३ राष्ट्र र विभिन्न क्लब र युनिभर्सिटी टिमहरु गरी १७०० खेलाडीहरुको सहभागिता रह्को थियो ।
टोलीको नेतृत्व संघका महासचिव राज कुमार कार्कीले र टिम कोच तथा व्यवस्थापकको जिम्मेवारी सोविन राज रेग्मीले गर्नुभएको थियो ।