लन्डन । बेलायतको हित्रो बिमानस्थलमा काम गर्ने बुबा र छोरीको कोरोनाभाइरसबाट २४ घण्टा भित्र निधन भएको छ ।
हीथ्रो बिमानस्थलमा कार्यरत एक ६१ बर्षका अध्यागमन अधिकारी र उनकी छोरीको ३३ बर्षमा कोरोना भाइरसबाट मृत्यु भएको हो ।
टर्मिनल तीनमा कार्यरत सुधीर शर्माको बुधवार र फार्मसिस्ट छोरी पूजा शर्माको अर्को दिन निधन भएको थियो ।
जनवरी पहिलो सात देखि बिमानस्थलमा काम थालेका शर्मालाई कोरोनाभाइरसले काम भन्दा बाहिरबाट लागेको दावी गरिएको छ ।
शर्माको अन्त्येष्टिमा समेत कोहि जान नमाने पछी स्थिति भयावह छ । पश्चिमी लन्डनको होन्स्लोका सुधीर अन्य रोगद्वारा समेत पिडित भएको बताएको छ । बेलायती दैनिक पत्रिका ‘द सन’ ले उनीहरु बेलायती थिए वा अन्य मुलुकका भन्ने खुलाएको छैन । होन्स्लो क्षेत्रमा करिब तीन हजार नेपाली परिवार बसोबास गर्दै आएको अनुमान छ ।
प्रतिक्रिया