१६ चैत्र २०८०, शुक्रबार
Follow Us

कोरोनाले बेलायतमा ३२ वर्षीया नेपाली युवतीको ज्यान लियो

नेपालब्रिटेन डट कम्
११ बैशाख २०७७, बिहीबार १८:२८

लण्डन । कोरोना भाइरस (कोभिड १९) ले वेलायतमा ३२ वर्षीया नेपाली युवतीको ज्यान लिएको छ ।

स्थानिय एक नेपाली अनलाइनका अनुसार बेलायतको ननिटमा बस्ने ३२ वर्षीया सुश्री बीमा नाछिरिङ राईको गत मंगलबार बिहान करिब साढे ११ बजे निधन भएको हो ।

मृगौलासम्बन्धी समस्याबाट पीडित मृतक राईलाई कोरोनाको संक्रमण पुष्टी भएको उनको परिवारलाई उद्धृत गर्दै साे अनलाइनले जनाएको छ ।

खोटाङ जिल्ला पुख्र्यौली घर भएका राई परिवारको मृतक राई आफ्ना बाबुआमा र बहिनीका साथ बेलायत बस्दै आएकी थिइन् ।

मृतक राई