लण्डन। गैरआवासीय नेपाली संघले कोभिड १९ को लागि राहत स्वरुप सुरु गरेको कोषमा २ करोड ७० लाख रुपैयाँ जम्मा भएको छ ।गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गैरआवासीय नेपालीहरुलाई राहत दिनको लागि सुरु गरेको कोषमा २ करोड ७० लाख रुपैया जम्मा भएको हो। एनआरएनएले यस अघि नै नेपाल सरकारको राहत कोषमा १ करोड दिने निर्णय गरेको थियो।
संघका कोषाध्यक्ष महेश श्रेष्ठका अनुसार २४ अप्रिल सम्म उक्त रकम जम्मा भएको हो। रकम जम्मा हुने क्रम जारी छ। पहिलो पटक संघले सुरु गरेको अनलाइनबाट सजिलै आफूले चाहेको जति रकम डेबिट या क्रेडिट कार्डबाट चन्दा दिन सकिने ब्यबस्था गरिएको छ।
राहत कोषमा सम्पूर्ण नेपालीहरुले आफ्नो ठाउंबाट आफ्नै कार्ड प्रयोग गरी रकम दिन मिल्ने ब्यबस्था एनआरएनएले गरेको छ। ‘सो रकम अनलाइन र संघको काठ्माण्डौको खातामा जम्मा भएको रकम समेत हो’, कोषाध्यक्ष श्रेष्ठले भने, ‘सबैलाई सकेको जति सहयोग गर्न म आव्हान गर्दछु ।’