७ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायतमा कोरोना भाइरसबाट जुम्ल्याहा दिदीबहिनीको मृत्यु

नेपालब्रिटेन डट कम्
१३ बैशाख २०७७, शनिबार ०९:४५

काठमाडौं । बेलायतमा कोरोना भाइरस (कोभिड-१९) को कारण ३७ वर्षीया जुम्ल्याहा दिदीबहिनीको मृत्यु भएको छ । उनीहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भएको तीन दिनमा नै उनीहरुको मृत्यु भएको हो ।

गत मंगलबार बालबालिकाकी नर्स काटी डेभिसको कोभिड-१९ बाट साउथाम्पटन जनरल अस्पतालमा मृत्यु भएको थियो । शुक्रबार सोही अस्पतालमा जुम्ल्याहा बहिनी एम्माको पनि कोभिड-१९ को कारण मृत्यु भएको हो । उनी पनि पहिला नर्सको काम गर्थिन् ।

उनीहरुकी बहिनी जोएले उनीहरु निकै विशेष भएको बताइन् । उनीहरु सँगे बस्थे, बाहिर जाँदा पनि सँगे निस्किन्थे । तर, पछिल्लो केही समययता उनीहरु अस्वस्थ रहँदै आएका थिए जोएकाअनुसार उनीहरु सानैदेखि अरुको स्याहारमा बढी समय खर्च गर्थे ।

उनीहरु सबै बिरामीको ख्याल राख्थे । तर, कोभिड-१९ को कारण दुवैको मृत्यु भएको छ । शुभेच्छुकहरुले उनीहरु निकै इमान्दार र उदार मानिस भएको भन्दै उनीहरुप्रति समवेदना व्यक्त गरेका छन् । बेलायतमा अहिलेसम्म कोरोना भाइरसको महामारीको कारण ५० नर्सिङ कर्मचारीको मृत्यु भइसकेको छ ।