७ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई पुत्र लाभ

नेपालब्रिटेन संवाददाता
१७ बैशाख २०७७, बुधबार ११:२७

लन्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई पुत्र लाभ भएको छ। बुधबार बिहान जोनसन र उनकी प्रेमिका क्यारी साइमोन्डसले विज्ञप्ति जारी गर्दै लन्डन अस्पतालमा पुत्रलाभ भएको घोषणा गरेका हुन्।

प्रधानमन्त्रीका प्रवक्ताले क्यारी र बच्चा दुबैको स्वास्थ्य अवस्था राम्रो भएको बताएकी थिइन्। ‘प्रधानमन्त्री र मिस साइमोन्डस् स्वस्थ पुत्र जन्म भएको जानकारी गराउन रोमाञ्चित छन्। आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था राम्रो छ,’प्रवक्ताले भनिन्,’प्रधानमन्त्री र मिस साइमोन्डस् एनएचएस म्याटर्निटीका लागि धन्यवाद दिन चाहन्छन्।’

उनका पूर्व दुई पत्नीबाट चार सन्तान छन्। कोरोना भाइरसको संक्रमणको उपचारपछि आराम गरिरहेका जोनसन सोमबारदेखि काममा फर्किएका हुन्।