७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए सिइयो दवाडीको विदाई

नेपालब्रिटेन डट कम्
१८ बैशाख २०७७, बिहीबार १८:२६

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रमुख कार्यकारी अधिकृत (सिइयो) डा. हेमन्त दवाडीको विदाई गरिएको छ ।

दवाडीको आफ्नो करार सेवा अवधि समाप्त भएको पछि सो पदबाट राजिनामा दिएका थिए ।

गैरआवासीय नेपाली संघको सचिवालयका अनुसार दवाडीलाई काठमाण्डौंस्थित केन्द्रीय कार्यालयमा विहीवार आयोजित एक कार्यक्रमका बीच विदाई गरिएको हो ।

विदाई कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघका उपाध्यक्ष सोनाम लामाले दवाडीले आफ्नो कार्यकाल गरेको कार्यको सरहना गर्दै प्रसन्नता प्रकट गरे ।

उनले संघका महत्वपूर्ण परियोजनाहरु सम्पन्न गर्नको लागि दवाडीको ठूलो योगदान रहेको वताए ।

उनले कोरोना संक्रमणको कारण मुलुक पुरै लकडाउन भएको बेला उनले एनसिसि दक्षिण कोरीया, चीन र मकाउको सहयोगमा आएको स्वास्थ्य सामग्रीहरु नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्यको लागि दवाडीलाई धन्यवाद दिए ।

कार्यक्रममा बोल्दै डा दवाडी संघको अभियानमा सुरु देखी नै काम गर्ने अवसर प्राप्त गरेको वताउदै आफुले संघका ५ वटा विश्व सम्मेलनहरु सफलताका सम्पन्न गरेको स्मरण गरे । उनले आफ्नो लामो अनुभवको भविष्यमा पनि नेपाली डायस्पोराको काममा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

प्रमुख कार्यकारी अधिकृत डा दवाडीले संघ मार्फत नेपाली डायस्पोराको लागि केही कार्य गर्न पाएकोमा संघप्रति आभार प्रकट गरे ।

कार्यक्रममा एशिया प्रशान्तका क्षेत्रीय उपसंयोजक, रोविन्द प्रसाद श्रेष्ठ, एनसिसि चीनका अध्यक्ष प्रदिप न्यौपाने, नेपालमा रहेका चीन र कोरियाका गैरआवासीय नेपालीहरुको सहभागीता रहेको थियो।