११ बैशाख २०८१, मंगलवार
Follow Us

समाजसेवी नारायण कोन्मे गुरुङको निधन

नेपालब्रिटेन डट कम्
२२ बैशाख २०७७, सोमबार २०:५१

लण्डन । समाजसेवी नारायण कोन्मे गुरुङको बेलायतमा निधन भएको छ ।

गुरुङको सोमबार अपराह्न उनको ननिटनको जर्ज इलियट अस्पतालमा निधन भएको बताएको छ । उनी केही समयदेखि रुघाखोकीबाट ग्रसित रहेको थिए ।

उनलाई पछिल्लो समय आइसियुमा राखिएकोमा सोमबार दिउँसो चिकित्सकले मृत घोषणा गरेका हुन्। ।

पर्वत चारभन्ज्याङ ठानामौलामा गाविस वडा नम्बर ३ मा जन्मेका कोन्मे भूपु गोर्खा हुन् ।

कोन्मे पछिल्लो समय बेलायतमा बसोबास गर्दै आएका थिए । उनी बेलायतको अल्डरसटमा बस्दथे भने उनको परिवार ननिटनमा थियो ।

उनको श्रीमती १ छोरी, दुई छोरा छन् । उनको निधन कोरोनाका कारण भएको आसंका गरिएको छ ।