१५ चैत्र २०८०, बिहीबार
Follow Us

साईप्रसमा नेपालीद्धारा छुरा प्रहार गरि आफ्नै साथीको हत्या

नेपालब्रिटेन डट कम्
२४ बैशाख २०७७, बुधबार १२:५४

दिनेश गौतम । साईप्रस । साईप्रसको राजधानी निकोसिया नजिक ईभिचिउमा एक नेपाली विद्यार्थीको हत्या भएको छ । संगै एउटै कोठामा बस्ने साथीहरु बीच विवाद हुँदा चितवनका २१ वर्षिय विवेग अम्मगाईको मंगलवार साँझ हत्या भएको हो ।

उनलाई सोही कोठमा बस्ने अर्का विद्यार्थी २२ बर्षिय सुभास गिरीले चक्कु प्रहार गरेको स्थानिय प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार चक्कु प्रहार गर्ने गिरी अम्मगाईको हत्या गरि आफै पुलिस चौकीमा आत्मसर्मपण गरेका थिए ।

५ जना विद्यार्थी बस्दै आएको फ्लयाटमा रक्सी खाएर आपसमा झगडा गरेको प्रहरीले जनाएको छ ।

हत्याको अभियोगमा बाँकी चार जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी घटना स्थलमा पुग्दा अम्मगाई रगतले लत्पत भएका थिए । उनलाई अस्पताल लैजादा डक्टरले मृत घोषणा गरेको थियो ।