१५ चैत्र २०८०, बिहीबार
Follow Us

कोरोना प्रभावित युरोपेली देशमा एनआरएनएको २० हजार डलर सहयोग

नेपालब्रिटेन डट कम्
२५ बैशाख २०७७, बिहीबार १४:२०

बार्सिलोना। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले युरोप क्षेत्रका एनसीसीहरुलाई २० हजार डलर आर्थिक सहयोग गर्ने भएको छ। कोरोनाले प्रभाबित बनेका ५ वटा युरोपेली मुलुकहरुमारहेका गैर आबासीय नेपालीहरुलाई लक्षित गर्दै संघले सहयोग घोषणा गरेको हो।

संघले स्पेन र पोर्चुगललाई पाँच-पाँच हजार डलर, ईटालीलाई ४ हजार डलर तथा साईप्रस र माल्टाका लागि तीन-तीन हजार डलर छुट्टाएको छ। पहिलो चरणमा साईप्रसलाई र बाँकी चार वटा एनसीसीलाई दोस्रो चरणमा सहयोग घोषणा गरिएको हो।

युरोपबाहेक छुट्टै २० हजार डलर सहयोग

संघले कुवेत,युएई र सउदी अरबका लागि पाँच-पाँच हजार डलर सहयोग पहिलोचरणमा नै छुट्टाएको थियो। भने दोस्रो चरणका बहराईनमा पनि पाँच हजार डलर सहयोग गर्ने भएको छ। संघका महासचिव डा. हेमराज शर्माका अनुसार गैर आबासीय नेपालीहरुलाई राहत बितरणका लागि हालसम्म ४० हजार डलर(करीब रु ४८ लाख ) सहयोग घोषणा गरिएको छ। संघको ईतिहासमा नै प्रबासमा नै गैरआबासीय नेपालीहरुको छुट्टाईएको सहयोग रकम अहिलेसम्मकै उच्च हो।