७ बैशाख २०८१, शुक्रबार
Follow Us

स्वदेश फर्कन चाहनेलाई मलेसियाले दियो हवाइ टिकटसहितको अवसर

नेपालब्रिटेन डट कम्
२५ बैशाख २०७७, बिहीबार १६:३३

क्वलालम्पुर। भिसा समाप्त भएकालाई मलेसिया सरकारले हवाइ टिकटसहित स्वदेश फर्कने अवसर दिएको छ । त्यहाँको सरकारले लकडाउन सकिएको १४ दिनभित्र भिसा समाप्त भइ स्वदेश फर्कन चाहने आप्रावासीहरुका लागि टिकटसहित अवसर दिन लागेको हो ।

क्लालम्पुरस्थित नेपाली दूतावासका अनुसार मलेसियाले कोरोना भाइरसबाट जोगिन मे १२ तारिखसम्म लकडाउन घोषणा गरेकोले सो दिनपछि मे २६ सम्म यो अवसरको लाभ लिन सकिनेछ । यसरी स्वदेश फर्कन चाहनेहरुले अध्यागमन विभागको कार्यालयमा थप कागजात वा कुनै पास बनाउनु नपर्ने र कुनै किसिमको जरिवाना समेत तिर्नु नपर्ने दूतावासले जनाएको छ ।

लकडाउन लागू हुनुभन्दा पहिले वा त्यही अवधिमा भिसा सकिएको र नवीकरण गर्नपर्ने भएमा मे १२ तारिखदेखि एक महिनाभित्र कार्यालय समयमा नवीकरण गर्न सकिनेछ । भिसा नवीकरण अध्यागमन विभागको पुत्रजयास्थित मुख्य कार्यलयबाट गर्नुपर्ने भएमा पोरेक्क एप मार्फत समय लिनु पर्ने बताइएको छ । यसका लागि सबैले आफ्नो कम्पनीको आधिकारिक व्यक्तिसँग सम्पर्क गर्न अनुरोध गरिएकको छ ।

सबै विदेशी नागरिकले भिसा सम्बन्धि सबै काम अनलाइनमार्फत अगाडि नै अपोइन्टमेन्ट लिएर गर्नुपर्ने हुँदा अनलाइन अपोइन्टमेन्ट नलिइ सिधै गएमा आवेदन दिन नपाइने मलेसियाको अध्यागमन विभागले जानकारी गराएको दूतावासले जनाएकाे
छ ।