११ बैशाख २०८१, मंगलवार
Follow Us

बालकालिकालाई चित्रकला प्रतियोगिता सहभागी गराउन एनआरएनए युकेको आव्हान

नेपालब्रिटेन डट कम्
२८ बैशाख २०७७, आईतवार १८:३५

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले लकडाउनमा रहेका बालकालिकाहरुका लागि चित्रकला प्रतियोगिता आयोजना गर्ने भएको छ ।

एनआरएनए यूकेले बेलायत सरकारले लकडाउन घोषणा गरेपछि घरमै रहेका बालबालिकालाई चित्रकला प्रतियोगिता आयोजना गर्न लागेको हो । यसका लागि २५ मे भित्र अनलाईन मार्फत आवेदन दिन एनआरएनए यूकेले आग्रह गरेको छ । यो प्रतियोगितामा सहभागिताका लागि बालबालिकालाई आव्हान समेत गरिएको छ ।

प्रतियोगितामा प्राथमिक तह र माथिल्लो तहमा चार चार गरी ८ जना उत्कृष्ट वाल चित्रकारहरुलाई पुरस्कृत गर्ने एनएनआरएनए यूकेको योजना छ । उत्कृष्ट हुने मध्ये पहिलो पुरस्कार पाउने दुई जनालाई १ सय, दोस्रो पुरस्कार दुई जनालाई ५० पाउण्ड र प्रमाण पत्र, तेस्रो पुरस्कार दुई जनालाई २५ पाउण्ड र प्रमाण पत्र तथा चोथौ पुरस्कार दुई जनालाई १५ पाउण्ड र प्रमाण पत्र दिने घोषणा एनआरएनएले गरेको छ ।