११ बैशाख २०८१, मंगलवार
Follow Us

धनमाया थापा मृत अवस्थामा फेला

नेपालब्रिटेन डट कम्
३० बैशाख २०७७, मंगलवार २०:२६

लण्डन । बेलायतको प्लमस्टिडबाट आइतबार दिउँसोदेखि हराइरहेकी ६६ वर्षीय धनमाया थापा मृत अवस्थामा फेला परेकी छन् ।

स्थानीय प्लमस्टिड कमन पार्कमा घरफिरका लागि गएकी धनमायाको शव सोमबार राति सोही पार्कको झाडीमा भेटिएको थियो ।

मृत भेटिएकी धनमायाको शव फेला परेपछि प्रहरीले सोमबार राति उनको घरमै आएर जानकारी दिएको भएपनि मृत्युको कारण भने थाहा हुन सकेको छैन ।

१५/ २० मिनेटमा फर्किन्छु भनेर आइतबार दिउँसो निस्केकी धनमाया घन्टौंसम्म घरमा नफर्केपछि परिवारद्वारा सोधीखोजी गरिएको थियो । परिवारका सदस्य लगायत आफन्तहरु मिलेर पार्क वरपर खोजी गर्दा पनि नभेटिएपछि प्रहरीलाई खबर गरिएको थियो ।

उनको शवलाई मेट्रो पोलिटन पुलिसको ‘सर्च एण्ड रेस्क्यू युनिट’ ले फेला पारेको थियो । विगत ९ वर्षदेखि लन्डनको प्लमस्टिडमा बस्दै आएकी स्व.धनमाया श्रीमान र छोराबुहारीसंग बस्दै आएकी थिइन् ।