१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एभरेष्ट इन ग्रुपले दियो १ हजार स्वास्थ्यकर्मीलाई निशुल्क खाना (फोटो फिचर )

नेपालब्रिटेन डट कम्
१ जेष्ठ २०७७, बिहीबार १९:३१

लण्डन । बेलायतका विभिन्न शहरहरुमा रेष्टुरेन्ट सञ्चालन गर्दै आएको ‘एभरेष्ट इन ग्रुप’ ले कोभिड १९ विरुद्ध खटिएका स्वास्थ्यकर्मीहरुलाई निशुल्क खाना वितरण गरेको छ ।

लण्डनको ब्ल्याकहिथ, केन्टको आसफोर्ड, हाइथ र स्कटल्याण्डस्थित शाखाहरुबाट अहिलेसम्म करिब १ हजार जना ‘फ्रन्टलाइनर’ लाई खाना वितरण गरिएको ग्रुपका निर्देशक यादव भण्डारीले जानकारी दिएका छन् ।

‘एभरेष्ट इन ग्रुप’ का निर्देशकद्धय पशुपति भण्डारी र यादव भण्डारी, ब्ल्याकहिथ शाखाका हेड सेफ राम भण्डारी, आयुष भण्डारीसहितको टिमले ५० जना स्वास्थ्यकर्मीलाई पुग्ने खाना अस्पतालमै पुर्याएर प्रदान गरेको थियो ।

यसअघि ‘एभरेष्ट इन’ ले विश्व नर्सिङ दिवसको अवसर पारेर गत मंगलबार मात्रै सोहि अस्पतालमा कार्यरत ३५ जना स्वास्थ्यकर्मीलाई खाना वितरण गरेको थियो ।

‘एभरेष्ट इन ग्रुप’ का निर्देशक एवम् एनआरएनए आइसिसी मानार्थ सदस्य पशुपति भण्डारीले महामारीविरुद्ध अग्रमोर्चामा खटिनेहरुप्रति सम्मान व्यक्त गर्न खोजिएको बताए ।

विहीबार साउथ ईष्ट लण्डनको ‘क्वीन एलिजावेथ अस्पताल’ मा कार्यरत ५० जना स्वास्थ्यकर्मीलाई एभरेष्ट इनबाट खाना वितरण गरेको थियो ।

फोटो: ‘एभरेष्ट इन ग्रुप’