८ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए अष्ट्रियाले भारतीय राजदुतावासमा बुझायो ज्ञापनपत्र

नेपालब्रिटेन डट कम्
१ जेष्ठ २०७७, बिहीबार २३:२५

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रियाले भारतीय राजदुतावासमा ज्ञापनपत्र बुझाएको छ ।

एनआरएनए अष्ट्रियाकी महासचिव भवानी तिवारीका अनुसार भारतले नेपाली भूमि हुँदै चीनको तिब्बत स्थित मानसरोवर जाने सडक मार्गको बिरुद्दमासंगले गत मंगलवार सो विरोध पत्र भारतीय राजदुतावास भियनामा बुझाएको हो ।

यसअघि भारतले नेपाली भूमि हुँदै चीनको तिब्बत स्थित मानसरोवर जाने सडक मार्गको उद्घाटन गरेको बारे गैरआवासीय नेपाली संघको गम्भीर ध्यानाकर्षण भई भारतको यस कदमको विरोध गर्दै संघले विज्ञप्ति प्रकाशित गरेको थियो ।

अध्यक्ष कुमार पन्तद्वारा हस्ताक्षरित उक्त वक्तव्य पछि संघले विश्वभरका सबै राष्ट्रिय समन्वय परिषदहरुलाई सम्वन्धित मुलुकको भारतीय राजदुतावासमा ज्ञापन पत्र बुझाउन पत्रको नमुना सहितको निर्देशन दिएको थियो।