१५ चैत्र २०८०, बिहीबार
Follow Us

एनआरएनए स्पेनद्वारा राहत बितरण

नेपालब्रिटेन डट कम्
२ जेष्ठ २०७७, शुक्रबार १८:३४

बार्सीलोना। गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) स्पेनले दोस्रो चरणको राहत बितरण सुरु गरेको छ। कोरोना भाईरस (कोभिड-१९) का कारण समस्यामा परेका नेपालीहरुलाई लक्षित गरी संघले शुक्रबारदेखि पुन; राहत बितरणलाई निरन्तरता दिएको हो। यसअघि संघले स्पेनका बिभिन्न शहरहरुमा गरी २ सय ३० जनालाई खाद्यान्न समाग्रीहरु बितरण गरेको थियो।

एनआरएनए केन्द्रले समेत स्पेनका लागि ५ हजार डलर आर्थिक सहयोग गर्ने प्रतिवद्वता गरेको छ। संघका अध्यक्ष दिनेश गुरुङले केन्द्रको सहयोगले नै दोस्रो चरणको राहत बितरण गर्न सहज भएको बताए।

राहत वितरण समितिको संयोजककमा शालिकराम डुम्रे रहेका छन् भने। सदस्यहरु हिरालाल सापकोटा (डायमण्ड) बिदुर गौतम र लक्ष्मण शर्मा छन्। अर्जुन आचार्यको संयोजकत्वमा ब्यबस्थापन समिति रहेको छ।

ब्यबस्थापन समितिका सदस्य सन्तोष पौडेल र स्पेनका गठित कोभिड-१९ आपतकालिन मूल सहयोग समितिका सल्लाहकार गंगा भुसालको बिशेष पहलकदमीमा स्थानीय संस्थाबाट खाद्यान्न उपलब्ध भएको छ।फुन्दासियो बांक डेल्स आलिमेन्स् ( खाद्यन्न राहत संस्था) १ सय जना ब्यक्ति तथा २० बालबालिकाका लागि खाद्यान्न सहयोग प्राप्त भएको हो। यी सबै खाद्यान्न समाग्रीहरु समेत एनआरएनए स्पेनमार्फत नै बितरण गरिने भएको छ ।

संघले भर्खर स्पेन आएका,काम नभएका, रेसिडेन्सी कार्ड नभएका नेपाली दाजुभाई दिदीबहिनीलाई लक्षित गर्दै राहत बितरण गर्ने जनाएको छ। राहत प्याकेजमा चामल,दाल,तेल,नुन,पास्ता लगायतका खाद्य सामग्री रहेका छन्।

यसअघि राहतबितरण स्पेनका संघसंस्थाहरुमा केहि बिबाद देखिएको थियो। तर अहिले भने संघसंस्थाहरु एकजुट हुँदै एकद्वार प्रणालीमार्फत राहत बितरण गर्न जुटेका छन्।