७ बैशाख २०८१, शुक्रबार
Follow Us

दुबईमा नेपाली र बंगलादेशी कामदारबीच भिडन्त

नेपालब्रिटेन डट कम्
३ जेष्ठ २०७७, शनिबार ०९:३८

युएई। दुबईको जावेलअलिमा रहेको फ्लेक्स म्यानेजमेन्ट कम्पनीमा कार्यरत नेपाली र बंगलादेशी कामदारहरु बिच मंगलबार राति झडप भएको छ। कोरोनाको प्रकोपका कारण काम नभएर कम्पनीको क्याम्पमै बसेका कामदारहरु बिच झडप हुँदा केही नेपाली घाइते भएका छन्।

कोठामा लुडो खेलेर बसिरहेका नेपालीहरुको कोठामा कम्पनीका बंगलादेशी सुपरभाईजर आएर कुटपिट गर्दा झडप भएको बताईएको छ।

झडपमा परि केही नेपालीको शरीरमा निलडाम बसेको र एकजनाको टाउको तथा शरीरमा चोट लागेको बताईएको छ।

घर फर्किन नपाएको आक्रोशमा त्यस कम्पनीमा कामदारले पहिलेदेखिनै समस्या सिर्जना गर्दै आएको कम्पनीले जनाएको छ।

घटनाबारे जानकारी पाउनासाथ एनआरएनए यूएईका उपाध्यक्ष पासाङ शेर्पा र कोषाध्यक्ष विकास शाही मजदुर क्याम्पमा पुगेर कम्पनीको व्यवस्थापन र प्रहरीलाई खबर गरेका थिए।

घटना स्थलमा पुगेका प्रहरीले एनआरएनएको रोहवरमा दुवै पक्षलाई राखेर सम्झाई बुझाई केही समस्या परे झैझगडा नगरी प्रहरीलाई खबर गर्न सुझाव दिएर फर्किएका थिए।