१५ चैत्र २०८०, बिहीबार
Follow Us

आगामी निर्वाचनमा आर्थिक र राजनीतिक चलखेल रोकिन्छ : एनआरएनए संस्थापक अध्यक्ष, डा. उपेन्द्र महतो (भिडियो)

नेपालब्रिटेन डट कम्
६ जेष्ठ २०७७, मंगलवार १९:४६

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले गैरआवासीय नेपाली संघको अभियानमा आएका विकृतिहरु विस्तारै साम्य हुदैं जाने बताएका छन् ।

डा. महतोले मंगलवार नेपालब्रिटेन डट कमको फेसबुक पेजको लागि पत्रकार किरण मरहट्टालाई दिएको एक अन्तरवार्तामा उक्त विश्वास व्यक्त गरेका हुन् ।

डा. महतोले संघभित्र भएको राजनीतिक चलखेलका कारण आफुले ९ औं महाधिवेशनमा भाग नलिएको खुलासा गरे । महतोले गत अक्टोवरमा सम्पन्न महाधिवेशन संघको विकृतिको चरम रुप भएको तर्क गर्दै वर्तमान कार्यसमितिले ती विकृतिहरुलाई चिरेर जान सक्ने विश्वास व्यक्त गरे । उनले आगामी २ वर्ष भित्र गैरआवासीय नेपाली संघ पूर्ण रुपमा नयाँ स्वरुपमा देखा पर्ने बताए । डा. महतोले आगामी महाधिवेशनमा आर्थिक र राजनीतिक चलखेल समाप्त भएर जाने दावी गरे ।

उनले वर्तमान कार्यसमिति संघका सबै खाले विकृतिलाई समाप्त पार्न सक्षम रहेको बताए ।