११ बैशाख २०८१, मंगलवार
Follow Us

एनआरएनएद्धारा थप स्वास्थ्य सुरक्षा सम्वन्धी उपकरण नेपाल सरकारलाई हस्तान्तरण

नेपालब्रिटेन डट कम्
८ जेष्ठ २०७७, बिहीबार १४:४१

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल सरकारलाई थप स्वास्थ्य सम्वन्धी सुरक्षा उपकरण हस्तान्तरण गरेको छ ।

संघले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद चीन, दक्षिण कोरिया र मकाउबाट प्राप्त सहयोग स्वास्थ्य तथा जनसंख्या मन्त्रालय विहीवार हस्तान्तरण गरेको हो ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ती सामग्रीहरु संघका उपाध्यक्ष सोनाम लामाले स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखका महानिर्देशक महेन्द्र श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण गरिएका सामग्रीमा केएन नाइन्टी फाइव मास्क १२ हजार थान, शु कभर, २ हजार थान, चश्मा २ हजार थान र आइआर थर्मामिटर १ सय ९० थान रहेका छन् ।

समारोहमा स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखका शाखा अधिकृत केदार उप्रेती, गैरआवासीय नेपाली संघ सचिवालयका कार्यकारी निर्देशक राजेश राणा र सहायक कार्यक्रम अधिकृत कुनाल मिश्रको सहभागीता रहेको थियो ।

कार्यक्रममा बोल्दै संघका उपाध्यक्ष सोनाम लामाले स्वास्थ्य सुरक्षा सम्बन्धी उपकरण उपलब्ध गराई सहयोग गरेकोमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् चीन, दक्षिणकारिया र मकाउ प्रति हार्दिक आभार प्रकट गरेका थिए ।