६ बैशाख २०८१, बिहीबार
Follow Us

९८ जना यात्रु बोकेको विमान पाकिस्तानमा दुर्घटना

नेपालब्रिटेन डट कम्
९ जेष्ठ २०७७, शुक्रबार ११:११

इस्लामाबाद — पाकिस्तानको कराची नजिकै रहेको एउटा आवासीय क्षेत्रमा पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको विमान दुर्घटनाग्रस्त भएको छ । जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थलनजिकै रहेको मोडेल कोलोनीमा ९० जना यात्रु र ८ जना चालकदलका सदस्य रहेको विमान दुर्घटनामा परेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

पीआईएका प्रवक्ता अब्दुल्ला हफीजका अनुसार उक्त विमान लाहोरबाट कराची आउँदै थियो । उनले दुर्घटनाबाट के कति क्षति भयो भन्नेबारेमा जानकारी आइनसकेको बताएका छन् ।

तर पाकिस्तानी सेनाका प्रमुख जनरल कमार जावेद बाज्वाले भने ‘महत्वपूर्ण जीवनहरु गुमेको’ भन्दै समवेदना दिएका छन् । उक्त विमान लाहोरबाट कराँचीका लागि आएको थियो । अहिले घटनास्थलमा उद्धारकर्ता पुगेका छन् । उद्धारकर्ताहरुले स्थानीयलाई सुरक्षित स्थानतर्फ ल्याइरहेको पाकिस्तानी सञ्‍चारमाध्यम डनले जनाएको छ ।

त्यहाँको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कराँचीका सबै अस्पतालहरुमा इमरजेन्सी घोषणा गरेको छ ।