१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रहरी असईद्वारा आफैँलाई गोली हानी आत्महत्या

नेपालब्रिटेन डट कम्
११ जेष्ठ २०७७, आईतवार ०४:२२

काठमाडौं । महानगरीय प्रहरी वृत्त स्वयम्भूमा कार्यरत एक प्रहरी सहायक निरीक्षक (असई) ले आफैंले आफैंलाई टाउकोमा गोली प्रहार गरी आत्महत्या गरेका छन् ।

आइतबार बिहान डिउटी सकेर फर्केपछि कोठाको ढोका थुनेर असई महेश कार्कीले आफ्नै टाउकोमा गोली प्रहार गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी विश्वराज पोखरेलले जानकारी दिए ।

डीआईजी पोखरेलका अनुसार उनको टाउकोमा गोली लागेको छ । उनले के कारणले आत्महत्या गरे भन्ने खुलिसकेको छैन ।