८ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनले बालबालिकालाई नैतिक शिक्षा पुस्तक तयार पार्दै

नेपालब्रिटेन डट कम्
१२ जेष्ठ २०७७, सोमबार १९:५६

टेक्सस । गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसिसी अन्तरगत गठन भएको नेपाली भाषा प्रवर्धन उपसमितिले नेपालीमुलका बालबालिकाहरुलाई लक्षित गरि नैतिक शिक्षा पुस्तक प्रकाशित गर्ने भएको छ ।

शनिबार बसेको उपसमितिको बैठकले प्रस्तावित नैतिक शिक्षा पुस्तक तयार पार्न विज्ञहरुलाई जिम्म दिने निर्णय गरेको छ । उपसमितिका संयोजक कृष्ण लामिछानेको अध्यक्षतामा बसेको बैठकले संसारका धेरै देशहरुमा नेपालीहरु पुगिसकेको र आफ्ना बालबालिकाहरुलाई नेपालको धर्म, संस्कृति, संस्कार अनुसारको शिक्षा दिन जरुरी रहेको निष्कर्श निकाल्दै त्यस्तो शिक्षामा एकरुपता ल्याउनका लागि पुस्तक प्रकाशित गर्ने निर्णय गरेको हो ।

बैठकमा पाठ्यपुस्तक तयारीका लागि सल्लाह सुझाव दिनका लागि विज्ञ, इच्छुकहरुलाई आव्हान गर्ने निर्णय भएको छ । बैठकमा पूर्ब कोषाध्यक्ष तथा भाषा साहित्य प्रवर्धन समितिका संयोजक हिक्मत थापा, सल्लाहकारहरु डा. चिन्तामणि योगी, बुद्दिसागर घिमिरे लगायत पदाधिकारीहरूको सहभागिता थियो ।

बैठकमा नैतिक शिक्षा पुस्तक प्रकाशनका लागि हालसम्म भएका प्रगति विवरणका बारेमा अध्यक्ष लामिछानेले जानकारी गराएका थिए । अहिले बिभिन्न देशमा रहेका नेपाली समुदायले आफ्नो अनुकुलतामा नैतिक शिक्षाको पाठ्यसामग्री तयार गरेर पठनपाठन गर्दै आएकोमा त्यसलाई एकरुपता दिनुपर्नेमा सबैको जोड रहेको समेत लामिछानेले जानकारी दिए ।