७ बैशाख २०८१, शुक्रबार
Follow Us

जनसम्पर्क समिति भारतको पहलमा १८० नेपालीलाई नेपाल फर्काइँदै

नेपालब्रिटेन डट कम्
२० जेष्ठ २०७७, मंगलवार ०५:०८

भारत । भारतमा कोरोना भाइरस रोकथामका लागि लगाइएको लकडाउनका कारण बेरोजगार बन्न पुगेका दैलेख र कैलाली जिल्लाका १८० जना नेपालीलाई नेपाल फर्काइने भएको छ ।

नेपाली जनसम्पर्क समिति भारतका केन्द्रीय अध्यक्ष एवम् नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य बालकृष्ण पाण्डेको नेतृत्व र पहलमा उत्तराखण्ड रुध प्रयागमा ६५ देहरादुन १३६ उत्तराखण्डकै अन्य विभिन्न ठाउँमा १८ र २५ र ३६ गरि १८० जना नेपाली मजदुरलाई नेपाल फर्काइन लागिएको हो ।

अध्यक्ष पाण्डेका अनुसार ६० दिन देखि क्वारिन्टिन बसेका उनीहरुलाई नेपालको स्थानीय पालिकासँग समन्वय गरि उत्तराखण्ड सरकारबाट अनुमती दिलाइ नेपाल फर्काउन अनुमति लिइएको हो । नेपाल पठाउन लागिएका उनीहरुलाई PCR चेक गरि पुनः गाउँपालिकामा पनि क्वारिन्टिनमा राखिने छ ।

उनले यो अभियानमा जानकारी दिने दक्षिण भारतका महासचिव बिमल विष्ट, शाखा अध्यक्ष बिबेस शाही नेपालमा स्थानीय सरकार देहरादुनबाट प्रसासनिक सहयोगी पूजा सुब्बा,(सबकी सहेली फाउंडेशन ट्रस्ट) टेकु थापा लगायतका सहयोगी हातहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।

नेपाली जनसम्पर्क समितिले चर्को गाडी भाडाबाट पीडित नेपालीलाई राहत दिने उद्देश्यले भारत सरकारसँग सरकारी बस तथा रेलको बारेमा वार्ता गरि पहल गरिरहेको अध्यक्ष पाण्डेले जानकारी दिए । यसरी चर्को भाडा लिइ पीडितलाई अझै पीडित बनाउने दलाललाई कानुन बमोजिम आवश्यक कारवाहीका लागि सिफारिस गर्न समितिका साथीहरूलाई जिम्मेवारी दिएको पनि उनले बताए ।

अध्यक्ष पाण्डेले भारत सरकारले केही काम गर्ने वातावरण बनाइदिएकोले नेपालको परिस्थितिलाई बुझी भारतमै बस्न सक्ने अबस्थामा रहेका नेपाली मित्रहरूलाई अहिले नेपाल नफर्कन पनि अनुरोध गरेका छन् ।

विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभीड -१९) महामारी घातक रोगको कारणले संसारभरी लाखौंको संख्यामा ज्यान गुमाई सकेको र लाखौंको संख्यामा संक्रमित भएको अबस्थामा नेपाली जनसम्पर्क समिती भारतले दुःख र अलपत्र परेका नेपालीहरुलाई आफूसक्दो सहयोग गर्नमा सँधै तत्परता देखाउँदै आएको छ ।