१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएनए अष्ट्रिय विवाद: आइसीसी नमान्ने अध्यक्ष चौलागाईको घोषणा

नेपालब्रिटेन डट कम्
२४ जेष्ठ २०७७, शनिबार १०:१२

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रियाको विवाद मिलाउने प्रयास असफल भएको छ । गैरआवासीय नेपाली संघ युरोप संयोजक नारायण आचार्यको सकृयतामा शुक्रवार साँझ भएको बैठकमा एनआरएनए अष्ट्रियका अध्यक्ष विनोद चौलागाईले संघको केन्द्रीय समिति (आइसीसी) लाई चुनौति दिएपछि विवादले नयाँ मोड लिएको छ ।

बैठकमा अध्यक्ष चौलागाईले एनआरएनए अष्ट्रिय स्थानीय विधान बमोजिम सञ्चालन हुने र संघको निर्णय मान्न बाध्य नहुने भन्दै बैठक छोडेर हिडेका थिए । आफ्ना मागहरु राखेर बैठक छोडेर हिडेका चौलागाईले शनिवार बिहान नेपाल ब्रिटेन डट कमसँग भने ‘मेरो माग महासचिव भवानी तिवारीलाई कार्यवाही हुनुपर्छ भन्ने थियो । तर सबैले मलाई पेल्ने काम गरे । बिहान ५ बजे काममा जानु थियो, बैठक छोडेर हिडे ।’

पूर्वअध्यक्षहरु धर्म खतिवडा, जीवन कुवर, डा श्याम उपाध्यायसमेतको उपस्थितमा भएको बैठकमा अधिकांशले संघमा उत्पन्न विवादले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा साख गिरेको भन्दै चौलागाईलाई सहमतिमा ल्याएर अघि बढ्न आग्रह गरेका थिए ।

एनआरएनए अष्ट्रियकी महासचिव भवानी तिवारीले संघको पछिल्लो विवादमा आफ्नो तर्फबाट पनि कमिकमजोरी भएको भन्दै आत्मआलोचना गरेकी थिइन् । उनले आगामी दिनमा मिलेर काम गर्ने प्रतिबद्धता जनाएकी छन् ।

बैठकमा एनआरएनए अष्ट्रियका पूर्व तथा वर्तमान आसीसी सदस्यको समेत उपस्थिति थियो । बैठकमा दुबै पक्षको भावनालाई समेटेर ७ बुदे सहमतिको खाका प्रस्तुत गरिएको थियो । तर अध्यक्ष चौलागाईले सहमति जनाएनन् । मिलेर जाने सहमतिको बुदाँमा महासचिव भवानी तिवारी, पुर्वअध्यक्षहरु र कार्यसमितिका सदस्यहरु लगायतले सहमती जनाएका थिए ।

बैठकमा बोल्दै संघका युरोप सहसंयोजक कृष्ण तिमिल्सीनामा युरोपका सबै नेपालीको भावना अनुरुप विवाद मिलाउने प्रयास स्वरुप बैठक डाकिएको वताए । उनले सबैको मतले आफुहरु निर्वाचत भएकाले विवाद मिलाउने कर्तव्य समेत रहेको बताए ।

बैठकमा एनआरएनए महासचिव डा. हेमराज शर्माले व्यक्तिगत इगो त्यागेर संघको बृहद् हितका लागि एक भएर अगाडी बढ्न सुझाव दिएका थिए ।

संघको निर्वाचनपछि एनआरएनए अष्ट्रियका अध्यक्ष चौलागाईले सबै पक्षलाई समेटर लैजान नसकेपछि संघकी महासचिव भवानी तिवारीले उनको नेतृत्व क्षमतमा प्रश्न उठाउदै आएकी छन् ।

करिब ७ सय नेपाली रहेको अष्ट्रियमा संघभित्र विवाद हुँदा त्यहाँ रहेका नेपाली समुदायसमेत विभाजित छ ।