८ बैशाख २०८१, शनिबार
Follow Us

कहिले फर्किन पाउँछन् बेलायतमा समस्यामा परेका नेपाली ?

नेपालब्रिटेन डट कम्
२४ जेष्ठ २०७७, शनिबार १०:४२


फर्कन चहानेले धर्य गर्न नेपाली दूतावास लन्डनको अनुरोध

लन्डन । लकडाउनले बेलायतबाट नेपाल फर्किन रोकिएकालाई धैर्य गर्न नेपाली दूतावास लन्डनले आग्रह गरेको छ । नेपाली दूतावास लन्डनका प्रवक्ता शरदराज आरणले शनिवार बिहानसम्म साढे ३ सय नेपालीले नेपाल फर्किन चाहेको भन्दै फराम भरेको जानकारी दिए ।

नेपाल सरकारको निर्देशन अनुसार बेलायतबाट तत्काल नेपाल फर्किन चहानेहरुको नामावाली संकलन गरिएको थियो । प्रवक्ता आरनले नेपाल फर्किसकेपछि बस्नु पर्ने कोरन्टाइन लगायतको तयारी पुरा भएपछि मात्र विदेशबाट फर्किन चहानेहरुलाई लैजाने प्रकृया सुरु हुने बताए ।

दूतावासमा नाम दर्ता गराएका मध्ये मापदण्डअनुसार प्राथमिकता निर्धारण गरिएको छ । अत्यन्त जरुरी भएकाहरु पहिलो प्रथामिकतामा पर्ने दुतावासले जनाएको छ ।

बेलायतमा घुम्न पर्यटन भिषामा आएका, प्रशिक्षणका लागि आएका सरकारी कर्मचारी, तालिमको लागि आएका चिकित्सक तथा केही काम छोडेर बसेका नेपालीले तत्काल नेपाल फर्किनका लागि आवेदन दिएका छन् ।

गैरआवासीय नेपाली संघ युके र दुतावासको संयुक्त प्रयासबाट ३ सय ५० नेपालीको नाम संकलन भएको बताइएको छ । संकलित नामावली सोमवार नेपाल सरकार समक्ष पठाउने तयारी दुतावासले गरेको छ ।

हामीले नाम संकलन गरिसकेका छौं कहिले फलाइट हुन्छ भन्ने निर्णय नेपाल सरकारले छिट्टै गर्ने आरनको विश्वास छ । उनले भने, ‘हामी नियमित रुपमा नेपाल सरकारको सम्पर्कमा रहेर काम गरेका छौं । हाम्रो तर्फबाट पनि यहाँ बिचल्लिनमा परेका नेपालीहरुलाई जतिसक्दो छिटो फर्काउने प्रयास हुनेछ । त्यसका लागि धैर्य गर्न सम्बन्धित सबैलाई आग्रह गर्दछु ।’

यसअघि गैरआवासीय नेपाली संघको आग्रहलाई समेत मध्यजर गर्दै नेपाल सरकारले हिजो शक्रवारदेखि मध्यपूर्वका मुलुकबाट समस्यामा परेका नेपालीलाई नेपाल फर्काउने सुरु गरिएको थियो । फर्काउने प्रक्रियालाई आगामी हप्ता तिब्रता दिने सरकारको तयारी छ । मध्यपूर्वलगायत विश्वका बिभिन्न मुलुकबाट करिब ४० हजार जनाले तत्काल नेपाल फर्काइ दिन सरकारसँग आग्रह गरेका छन् ।