१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए माल्टाका पदाधिकारीद्धारा सामूहिक राजीनामा

नेपालब्रिटेन डट कम्
२४ जेष्ठ २०७७, शनिबार २०:५८

लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाका पदाधिकारीले सामूहिक राजीनामा गरेका छन् ।

माल्टामा श्रमिक ल्याउन संघका पदाधिकारीहरुनै बिचौलियाको रुपमा संग्लग्न रहेको समाचार बाहिरिएपछि उनीहरुले विहीवार नैतिकताको आधारमा सामूहिक राजीनामा गरेको संघको युरोप उच्चस्रोतले जनाएको छ ।

यसअघि संघका पदाधिकारी माथि प्रश्नचिन्हखडा भए पछि संघले युरोप क्षेत्रीय संयोजक नारायण आचार्यको संयोजकत्वमा एक उच्चस्तरीय समिति गठन गरेको थियो ।

स्रोतका गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद माल्टाका अध्यक्ष राजु अर्याल (बाबु) र महासचिव सन्देश केसी लगायतले सामूहिक राजीनामा गरेका हुन् ।

छानविन समितिमा युरोप उपसंयोजकहरू मुक्त बहादुर गुरुङ, कृष्ण तिमिल्सिना, शुक्रराज न्यौपाने र आईसीसी सदस्य रामशरण सिम्खडा छन् ।

छानविन समितिका एक सदस्यका अनुसार समितिले आफ्नो प्रतिवेदनको संघलाई बुझाउने तयारी अन्तिमचरण पुगेको छ । यसैसाता समितिले संघको केन्द्रीय समिति (आइसीसी) लाई प्रतिवेदन बुझाउने तयारी भैरहेको छ ।