६ बैशाख २०८१, बिहीबार
Follow Us

‘एनआरएनए माल्टा छानविन समिति’ ले प्रतिवेदन बुझायो

नेपालब्रिटेन डट कम्
२७ जेष्ठ २०७७, मंगलवार १८:४३

पदाधिकारीद्धारा इष्टमित्र ल्याएको दावी, १३ जनालाई कार्यवाहीको लागि सिफारीस

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टा छानविन समितिले आफ्नो प्रतिवेदन संघको केन्द्रिय समिति समक्ष पेश गरेको छ ।

गैरआवासीय नेपाली संघ युरोप संयोजक नारायण आचार्यका अनुसार समितिले मंगलवार दिउँसो संघका अध्यक्ष कुमार पन्त र महासचिव डा. हेम राज शर्मा समक्ष सो प्रतिवेदन पेश गरेको हो ।

आचार्यका अनुसार छानविन समितिको १ घण्टा लामो बैठकले सर्वसम्मतबाट सो प्रतिवेदन पास गरेको हो ।

एनआरएनए केन्द्रले गठन गरेको छानबिन समितिमा युरोप संयोजक नारायण आचार्यसहित उपसंयोजकहरू मुक्त बहादुर गुरुङ, कृष्ण तिमल्सिना, शुक्रराज न्यौपाने र आईसीसी सदस्य रामशरण सिम्खडा रहेका थिए ।

२० पेज लामो प्रतिवेदनमा पदाधिकारीहरुसंग लिइएको अन्तरवार्ताको फेरहिस्ता प्रस्तुत गरिएको बुझिएको छ । प्रतिवेदनका अनुसार एनआरएनए माल्टाका अधिकांस पदाधिकारीहरुले आफुले श्रमिक ल्याउन बिचौलियाको काम गरेको स्वीकार गरेका छन् ।

उनीहरुले व्यवसायीक रुपमा श्रमिक नल्याए पनि आफन्तहरु ल्याउन सहयोग गरेको स्वीकार गरेका हुन् ।

संघका अध्यक्ष सहित सबै पदाधिकारीहरु श्रमिक ल्याउन बिचौलियाको काम गरेको सार्वजनिक भए पछि गैरआवासीय नेपाली संघले उच्चस्तरीय समिति गठन गरेको थियो ।

छानविन समितिले पदाधिकारीहरु समक्ष पटक पटक गरेर ६ घण्टा लामो सामुहिक रेर्कर्डेड वयान लिएको थियो । स्रोतका अनुसार संघका १३ जना पदाधिकारीहरुलाई कार्यवाहीको लागि संघ समक्ष सिफारिस् गरिएको छ ।

संघका युरोप उपसंयोजक कृष्ण तिमल्सिनाले छानविनको लागि सहयोग गर्ने एनआरएनए माल्टा पदाधिकारी लगायत त्यहाँस्थित नेपाली समुदायलाई धन्यवाद दिएका छन् ।

यसअघि छानविन समितिलाई सहयोग गर्ने भन्दै गैरआवासीय नेपाली संघ माल्टा कार्यसमितिका पदाधिकारीहरुले सामूहिक राजीनामा दिएका थिए ।

माल्टामा श्रमिक ल्याउन बिचौलियाको काममा एनआरएनए माल्टाका पदाधिकारीहरु नै संग्लग्न रहेको समाचार सार्वजनिक नैतिकताको आधारमा १९ सदस्यीय कार्यसमितिले राजीनामा दिएका हुन् उनीहरुको राजीनामा पत्रमा आफूहरुमाथि गम्भिर आरोप लागेकाले छानविनका लागि सहयोग गर्न राजीनामा दिएको उल्लेख छ ।

राजीनामा र छानविन समितिको प्रतिवेदनको बारे गैरआवासीय नेपाली संघको आगामी पदाधिकारी बैठकले अन्तिम निर्णय लिने बताएको छ ।