७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनमा निर्वाचित पदाधिकारीलाई बर्खास्त गर्न नपाइने

नेपालब्रिटेन डट कम्
२९ जेष्ठ २०७७, बिहीबार ०४:५३

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई पद च्युत नगर्न संघका राष्ट्रिय समितिलाई निर्देशन दिने भएको छ ।

गैरआवासीय नेपाली संघको गत शनिवार सम्पन्न पदाधिकारी बैठकले संघका राष्ट्रिय समितिमा निर्वाचित पदाधिकारीलाई कार्यसमितिको बहुमतले बर्खास्त गर्न रोक लगाएको हो ।

अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको बैठकले संघको कुनै राष्ट्रिय समितिको सदस्यले अनुशासनको उल्लंघन गरेमा अनुशासन समिति मार्फत कार्यवाही बढाउन निर्देशन दिएको छ ।

संघका राष्ट्रिय समन्वय समिति (एनसीसी) अष्ट्रिया, फ्रान्स लगायतका देशमा महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई मनलाग्दी बर्खास्त गरे पछि संघले सो कार्यलाई रोक लगाएको हो ।

बैठकले यसलाई बिभिन्न देशमा भएका त्यस्ता निर्णयहरु स्वतः बदर हुने निर्णय गरेको छ ।