१३ बैशाख २०८१, बिहीबार
Follow Us

जनसम्पर्क समिति बेलायतले बुझायो प्रधानमन्त्रीलाई ११ बुँदे ज्ञापन–पत्र

नेपालब्रिटेन डट कम्
४ असार २०७७, बिहीबार १८:३६

लण्डन । नेपाली जनसम्पर्क समिति बेलायतले लण्डनमा भएको नेपाली राजदूतावास मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ११ बुँदे ज्ञापन–पत्र बुझाएको छ । जनसम्पर्क समिति सभापति युवराज गुरुङ्गले इमेल मार्फत उक्त ज्ञापन–पत्र बुझाएको हो ।

सरकारको गैर जिम्मेवारी, अकर्मन्यता, कोरोना परीक्षण तथा क्वारेन्टाइन व्यवस्थापनमा भएको हेलचेक्र्याई तथा भ्रष्टचारको विरुद्ध ज्ञापनपत्र बुझाएको सभापति गुरुङ्गले जानकारी दिएका छन् ।

‘नेपाली कांग्रेसको निरन्तरको सहयोग, संचार माध्यम, नागरिक समाज र आम जनताको साथले सृजना गरेको अनुकूलताको वावजुद पनि सरकारको अकर्मण्यता, असक्षमता, असंवेदनशीलताको कारण कोरोना संक्रमण विरुद्धको लडाईमा अनपेक्षित क्षति वेहोर्न परेको छ ।’ गुरुङ्गले भने, ‘हाम्रो सुझावलाई मनन् गरेर समयमा उपयुक्त कदमहरु चालिएको भए यस्तो अवस्था कदाचित हुने थिएन । तसर्थ कोभिड–१९ को प्रकोप नियन्त्रण गरि देश र जनतालाई विपद्बाट जोगाउन यो ज्ञापन पत्र बुझाएका हौं ।’

ज्ञापन–पत्रको पूणपाठ यस्तो छः

मितिः १६ जुन, २०२०

श्री सम्माननिय प्रधानमन्त्रि ज्यु,नेपाल सरकार !

मार्फतः नेपाली दुताबासको कार्यलय,लन्डन, यु के

बिषयः ज्ञापनपत्र

सम्मानिय प्रधानमन्त्रि ज्यु,

बिश्व महामारिको रुपमा फैलियेको कोभिड १९- कोरोना भाइरसको नेपालमा बढ्दै गयेको सन्ग्क्रमण र त्यसबाट उत्पन्न परिस्थितिमा हरेक नागरिकहरुको स्वास्थ्यको सुरछा र सम्बर्धन गर्न तत्कालिन तथा दिर्घकालिन रुपमा गर्नु पर्ने अति आवाश्यक आधारभुत ठोस प्रयास नभै जनमानसमा त्रासको बाताबरण श्रीजना भयेको प्रति नेपालि जनसम्पर्क समिति , यु के को गम्भिर ध्यानाकर्शण भयेको छ !त्यसैले कोरोना नियन्त्रण र यसबाट प्रभाबित सबै जनताको प्रथमत स्वास्थ्य र अन्य आर्थिक,सामाजिक एबम सान्स्क्रितिक समस्याहरुको यथोचित ब्यबस्थापन गर्न ठोस र प्रभाबकारि कदम चाल्न आग्रह गर्दै यो ज्ञापनपत्र पेश गर्दछौ !

हाम्रो ध्यानाकर्शण !

१) समुदायमा कोरोना फैलिन नदिनको लागि प्रभाबकारि रुपमा पि सि आर जाचलाइ बढाउन सो को लागि आवश्यक श्रोत र पुर्बाधारको तत्काल ब्यबस्थापन गर्ने

२) सन्क्रमित ब्यक्ति सामन्य अवस्थाको छ भने होम क्वारेन्टाइरमा बस्न र निजको निरन्तर जाचको प्रबन्ध गर्ने

३) होम क्वारेन्टाइरमा बस्न नसकने ब्यक्तिहरुको हक मा आधार्भुत आवस्यकता पुरा भयेको(बिश्व स्वास्थ्य सन्गठनको मापदण्ड अनुरुप) सुरछित क्वारेन्टाइरको ब्यबस्थापन गरि निरन्तार स्वास्थ्य जाचको ब्यस्था गर्ने

४) होम तथा सामुदायिक क्वारेन्टाइरमा रहेका कुनै ब्यक्तिको स्वास्थमा समस्या आयेमा तत्काल थप उपचार गर्न येम्बुलेन्स तथा अस्पतालको येथोचित ब्यबस्थापन गर्नु पर्ने

५) कोरोनाको महामरिमा परेका ब्यबसायहरुको करको सन्दर्भमा उचित सुनुवाइ गरियोस

६) बैदेशिक रोजगारि येबम अन्य कारणले बिदेश रहेका र नेपाल आउन चहाने नेपालिहरु को उद्दार येबम ब्यबस्थित क्वारेन्टाइर निशुल्क गरियोस

७) कोरोना प्रभाबित बिपन्न ,मजदुर, असहायहरुलाइ आवस्यक राहत निश्प्छ ढन्ग् बाट बितरण गरियोस

८) कोरोना महामारिको बिषम परिस्थितिमा पनि स्वस्थ्य सामाग्रिहरुको खरिद प्र्क्रियामा भयेको अनिमियतता तथा भ्रश्टचारमा बर्तमान सरकार नै लिप्त रहनुले यो सरकार अस्छम तथा गैर जिम्बेबार भयेको ठहर गर्दछौ !त्यसैले तत्काल उक्त अनियमितताको उचित छानबिन गरि सम्लग्नहरुलाइ कडा कार्बाहि गर्दै सम्पुर्ण खर्चहरु पारदर्शि रुपमा खर्च गरियोस

९) कोरोना नियन्त्रणमा अहोरात्र खटियेका स्वास्थ्याकर्मि,सुरछाकर्मि तथा पत्रकारहरुको निशुल्क जिबन बिमाको तत्काल ब्यबस्था गरियोस

१०) भारत बाट नेपाल फर्कियका सिमामा अलपत्र परि रहेको सम्पुर्ण नेपालिहरुको चाडो भन्दा चाडो उद्दार गरि स्वास्थ्य परिछण गराइ सन्क्रमितहरुलाइ उचित क्वारेन्टाइरको ब्यबस्था गरियोस !

११)अन्य मुलुकबाट फरियेका नेपालिहरुको स्वास्थ्य परिछण र क्वारेन्टाइर ब्यबस्थापन जुन तहमा गरियेको छ सोहि तहमा भारतबाट आयेका नेपालिहरुको पनि ब्यबस्थापन गरियोस, हाल जुन तहको बिभेदमा सरकार सन्लग्न छ जुन अमानबिय भयेको ठहर गर्दछौ, यसलाइ तत्काल सच्याउन समेत माग गरद्छ !

जय नेपाल

………

युबराज गुरुङ

सभापति , ने ज स स यु के

बोधार्थः

श्री शेर बहादुर देउबा

सभापति

नेपालि कान्ग्रेस , केन्द्रिय कार्यलय

बि पि स्म्रिति भवन,सानेपा, ललितपुर, नेपाल