६ बैशाख २०८१, बिहीबार
Follow Us

‘बेसार खान जानेऔषधी हो नजाने विष हो: प्रधानमन्त्री ओली (भिडियो)

नेपालब्रिटेन डट कम्
४ असार २०७७, बिहीबार १८:५२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बेसार खान नजाने विष हुने बताएका छन्। विहिबार राष्ट्रिय सभाको विनियोजन विधेयमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले बेसारका फाइदा र बेफाइदाका बारेमा बताएका थिए।काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली बजेटमाथि सांसदहरुले सोधेका प्रश्नको जवाफ दिन रोष्टममा थिए। तर, उनले बेसारको बखान शुरु गरे। बेसारकै बयान गर्न उनले संसदको महत्वपूर्ण समय खर्चिए।बेसारको प्रसंग उनले हाल नेपाललगायत विश्वलाई महासंकटमा धकेलेको कोभिड १९ मा जोडेका हुन्।

यसअघि बेसार पानीले कोरोन ठिक हुन्छ भन्ने अभिव्यक्तिका कारण आलोचित समेत भएका प्रधानमन्त्रीले पुनः बेसारको बारेमा बोलेका हुन् ।

उलने बेसार कस्ता व्यक्तिले खाने कस्ताले नखाने भन्ने समेत सुझाएका छन्। उनले भनेका छन्, ‘अरुको भन्दा राम्रो तयारी गरेको कारण हामी बचेका छौं। भारतबाट आएको कोरोना संक्रमितको थाम्नै नसक्ने खालको फ्लो थामेका छौं।’

‘सुरुदेखि लकडाउन ग¥यौं, मास्क प्रायोग गर्न सिकायौं, साबुनपानीले हात धुन सिकाएका छौं, साबुन पानी नपाईने ठाउँमा तातोपानीले भए पनि हात धुन सिकाएका छौं।’

प्रधानमन्त्री ओलीले भने, ‘हामीले यसका सम्बन्धमा इम्यून सिस्टमका कुरा गर्दा इम्यून सिस्टम कसरी बढ्छ भन्ने कुरा गर्दा त्यसमै उडाएका पनि छन्। मैले सडकमा पनि देखे बेसार जे को पनि उपचार हो रु बेसार खाएर जे पनि ठिक हुन्छ रु भन्ने पनि निस्किए।’ उनले भने, ‘बेसार उपचारमात्र हैन कहिले कहिले बेसारले विषको काम पनि गर्छ।

तर, एउटा एन्टिबाइटिक तत्व भएको, औषधीय गुण भएको तत्व हो बेसार। तसर्थ, कुनै–कुनै चिजको साइड इफेक्ट हुँदैन भन्ने हुँदैन। कतिबेला खान हुन्छ कतिबेला खान हुँदैन भन्ने कुरा त आउँछ।’ बेसार कतिबेला खान हुने नहुने अवस्थाका बारेमा सुझाउँदै प्रधानमन्त्रीले भने, ‘बेसार पनि कोही–कोही अवस्थामा खान हुँदैन। रक्त अल्पता भएको छ भने बेसार खान हुँदैन। जण्डीस लागेको छ भने बेसार खान हुँदैन्।’

यतिमात्र होइन गर्भवती, सुत्केरी तथा अप्रेसन गर्नु पूर्व पनि बेसार खान नहुँने उनले बताए । उनले भने, ‘गर्भवती महिलाले वेसार खान हुँदैन। सुत्केरी महिलाले बेसार खान हुँदैन यदि आइरनको कमि ब्लडको कमि छ भने बेसार खान हुँदैन अप्रेसन गर्ने ४८ घण्टा अगाडिदेखि वा ७२ वा २र४ दिन अगाडिदेखि नै बेसार खान हुँदैन।’