१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनएले पठायो सूदुरपश्चिम प्रदेशलाई २५ सय पीसीआर र भिटिएम कीट

नेपालब्रिटेन डट कम्
६ असार २०७७, शनिबार १४:४९

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले सुदूरपश्चिम प्रदेशका लागि २ हजार ५ सय पीसीआर कीट (स्वास्थ्य सम्वन्धी सामग्री) उपलब्ध गराएको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तका अनुसार सुदूरपश्चिममा भारतबाट ठूलो संख्याका नेपाली भित्रिए पनि परीक्षण हुन नपाई लामो समय क्वारेन्टिनमै कष्टपूर्ण तवरले बस्नुपरे पछि संघले सो सहयोग गरेको हो ।

उनीले कोरोना परिक्षणको लागि किटको अभाव समेत झेल्नुपरेको अवस्थामा थियो ।

पन्तका अनुसार संघले सुदूरपश्चिमका पहाडी जिल्लालाई लक्षित गरी डडेल्धुरामा स्थापना गर्न लागिएको पीसीआर प्रयोगशालामा गैरआवासीय नेपालीको सहयोग गर्ने भएको छ ।

गैर आवासीय नेपाली संघका पूर्व कोषाध्यक्ष अभियन्ता हिक्मत थापाको सकृयतामा एनआरएनएले सुदूरपश्चिम प्रदेशका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टमार्फत् २ हजार ५ सय पीसीआर किट र सोही संख्यामा भिटिएम हस्तान्तरण गरेको हो ।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदका कार्यकारी निर्देशक राजेश रानाले स्वास्थ्य सेवा बिभागका महानिर्देशक डा. दिपेन्द्र रमण सिंहको रोहवरमा शनिवार मन्त्री भट्टलाई पीसीआर कीट र भिटिएम हस्तान्तरण गरेका हुन् ।

किट हस्तान्तरण कार्यक्रमा मन्त्री भट्टले एनआरएनबाट प्राप्त पीसीआर किटमा सरकारका तर्फबाट थप किट थपेर आइतबारसम्म सुदूरपश्चिम पठाउने प्रतिबद्धता जनाएका थिए ।