७ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायतमा नेपाली विद्यार्थीलाई एनआरएनएको सहयोग

नेपालब्रिटेन डट कम्
७ असार २०७७, आईतवार २०:०२

तीन महिनायता दुईसय भन्दाबढि बिद्यार्थीलाई सहयोग गरिसकेको संयोजक राईले जानकारी दिएकी छन । उनका अनुसार यसबीचमा २९ जना विद्यार्थीलाई रोजगारी दिलाईएको छ भने १०६ जनालाई खाद्यान्नलगायतका सामाग्री उपलब्ध गराईएको छ । करिब तीन महिनादेखि चार जनालाई रोजिना प्रधान राई आफैँले खानेबस्ने व्यवस्थासमेत गरेकी छन् । सामाजिक सेवामा संलग्न राईले बढ्दो कोरोना संक्रमणका बावजुद वृद्ध तथा अशक्तहरुलाई घरघरमै औषधी तथा खाद्यान्नसमेत पु¥याईएको बताइन । महामारीमा बृद्धबृद्धा तथा असक्तहरुले सहयोग गर्न एनआरएनको हेल्प डेस्कको संयोजकत्वमा राईसहितको टीम फिल्डमा खटिइरहेको छ ।

संयोजक राइले भनिन् “कोही नेपाली वा शसक्तलाई समस्या परेमा एनआरएनए हेल्प डेस्कमा सम्पर्क गर्नुहुन्छ, कहिलेकाँही समाजिक सञ्जालमार्फत पनि सम्पर्क हुन्छ, त्यसपछि विषय वा परिस्थिति हेरेर हामी फिल्डमा गएर सहयोग गर्छौँ, त्यसवेला हामी सारै दुःख र हृदयविदारक घट्नाहरु पनि देख्नु परेको छ ।” रोजगारीको शिलसीलामा प्रवासीन बाध्य नेपाली नागरिकहरु कोरोनाबाट अझ बढि पीडित भएका छन् । पछिल्लो तथ्याङ्क अनुसार हालसम्म बेलायतमा ६९ जना नेपालीहरुको मृत्यु भएको छ ।

दर्जनौँ संक्रमित छन् भने केही निको भएका छन् । यस्तो अवस्थामा गैरआवासीय नेपाली संघ बेलायतले आफ्नो भूमिका निक्कै प्रभावकारी बनाएको छ । कोरोना महामारीबाट नेपालीहरु प्रभावित हुन थालेपछि एनआरएनए यूकेका अध्यक्ष पुनम गुरुङ, महासचिव फबेन्द्र भट्टराई र सदस्य तथा स्वास्थ्य डिपार्टका कोर्डिनेटर डा. सुनिल साहको अगुवाईमा उपाध्यक्षहरुको नेतृत्वमा विभिन्न उपसमितिहरु बनाएर समस्यामा परेका नेपालीहरुलाई सहयोग अभियान भइरहेको संयोजक राईले बताइन ।

संयोजक राई भन्नुहुन्छ “महिनौसम्म आर्थिक गतिविधि ठप्प भएपछि गरिखाने नेपालीहरु बेलायतमा प्रभावित छन । त्यसमा पनि विद्यार्थीहरु सबभन्दा बढि प्रभावित छन्, कोरोना सुरु हुनु केहिमहिना अघिमात्र करिब तीन सयभन्दा बढि नेपाली विद्यार्थीहरु बेलायत आएका थिए, गएको केहि महिनाभित्रै अघोषित ‘लकडाउन’मा पर्नुपरेको कारण विद्यार्थीहरुले ठूलो समस्या भोग्नु परिरहेको छ ।” भर्खरै बेलायत गएको कारण कतिपयको नेशनल इन्स्यूरेन्स (एनआई) कार्ड बन्न सकेको छैन भने कतिपयले विश्वविद्यालयको सम्पूर्ण प्रक्रियाहरु नै पूरा गर्न पाएका छैनन् ।

बेलायतमा एनआई कार्ड नभई रोजगारी गर्न नपाईने भएकोले नयाँ विद्यार्थीहरु मारमा परेका छन् । कोरोनाका कारण रोजगारी गरिरहेकाहरु पनि समस्या झेलिरहेका छन् ।सयौँ विद्यार्थीहरुले रोजगारी गुमाएका छन् । संयोजक रोजिना प्रधान राई आफ्नो टीमसहित विद्यार्थीहरुको सहयोगमा अहोरात्र खटिएको बताईन । यस्तो जटिल अवस्थामा नेपालीहरुको सेवा गर्न पाउँदा निक्कै खुसी लागिरहेको उनको भनाई छ ।

बिद्यार्थी जीवनदेखि नै सामाजिक कार्यमा लागिरहनु भएकी रोजिना प्रधान राइले यसअघि श्रीमान हिराधन राईसँग स्थापना गर्नुभएको रोजिहिरा फाउण्डेशनमार्फत दर्जनौं संघसँस्थालाई आर्थिक तथा भौतिक सहयोग गर्दै आएकी छन् । लकडाउनका कारण समस्यामा परेका खोटांग जिल्ला खोटेहाङ्ग गाउँपालिकाको वडा नं. २ कपासे भञ्ज्याङमा रहेका विपन्न परिवार २० घरधुरीलाई चामल, दाल, तेल, नुन लगायत मरमसला खाद्यान्न एक महिना पुग्ने राहत सामग्री वितरण गरेको छ । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएन यूके) का उपाध्यक्ष रोजिना प्रधान राई बेलायतमा रहेका ३३५ भन्दाबढि सामाजिक संघसंस्था समन्वय बिभाग गैर आवासीय नेपाली संघ यूकेका संयोजक हुन ।