८ बैशाख २०८१, शनिबार
Follow Us

क्वारेन्टिन नीतिनै गलत : बेलायती वैज्ञानिक

नेपालब्रिटेन डट कम्
८ असार २०७७, सोमबार ०७:००

लण्डन । बेलायतका शीर्ष वैज्ञानिकमध्येका एकले देशमा क्वारेन्टिनका लागि अपनाइएको नियमलाई ‘पूर्ण रुपमा बेकार’ बताएका छन् ।

लण्डन स्कूल अफ हाइजीन एण्ड ट्रपिकल मेडिसिनका प्राध्यापक पिटर पाएटले बाहिरबाट आएका व्यक्तिहरुलाई १४ दिनको क्वारेन्टिन गर्ने जुन नियम बेलायतले अपनाइरहेको छ, त्यो तत्काल छोड्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

बीबीसीका अनुसार इबोला र एचआइभीमाथि काम गरेर संसारभरी चर्चा बटुलेका वैज्ञानिकले संक्रमितको संख्या निकै कम भएका बेला मात्रै क्वारेन्टिन नीति प्रभावकारी भएको बताएका छन् । यो नियमको जूनको अन्तिममा रिभ्यू गरिनेछ ।

उनका अनुसार मानिसहरुको सुरक्षार्थ दुई मिटरको सामाजिक दुरीको सल्लाह दिइएको छ । उनका अनुसार योभन्दा राम्रो त सार्वजनिक स्थानमा मास्क लगाएर जानु नै सबैभन्दा प्रभावकारी हुनेछ ।