१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए अमेरिकामा दुई छद्मभेषीलाई निलम्बन गर्न केन्द्रको निर्देशन

नेपालब्रिटेन डट कम्
१५ असार २०७७, सोमबार २३:१२

विजय थापा ।

गैरआवाशीय नेपाली संघले अमेरिकाका दुई निलम्बित कृते छदमभेषीहरुलाई निलम्बन मै राख्न एनआरएन अमेरिकाका अध्यक्ष सुनिल शाहलाई ठाडो आदेश दिएको खबर प्राप्त भएको छ । श्रोतका अनुसार जुन २९ का दिन आईसीसीका महासचिव डा. हेम राज शर्माले उक्त पत्र एनआरएनए अमेरिकाजका क्षेत्रीय संयोजक राजन त्रिपाठी मार्फत अमेरिकाका अध्यक्ष शाह पत्रचार गरेका छन् ।

अध्यक्ष शाहले गरेको निर्णयलाई खारेज गर्दै बहुमतको निर्णयलाई लागू गर्दै दुई छदमभेषीलाई निलम्बन कायम राख्न आईसिसीले निर्देशन जारी गरेको छ ।

अमेरिकी नेपाली समुदायले कोरोनाको कहरमा पनि यो कुरालाई नजिकबाट निहाली रहेका छन् । यो कुराको निर्णय हुँदा एनआरएन अभियान शुद्धिकरण तर्फ लागि उन्मुख भएकोमा खुशी व्यक्त गरेका छन् ।

गत जुन २२ का दिन गैरआवाशीय नेपाली संघ अमेरिकाको कार्यसमितिको बैठकमा कार्यसूची संख्या (एजेण्डा नं. ११.२) को फेक फ़ेसबुक आईडी सम्बन्धी छानबीन समितिले दिएको प्रतिवेदन उपर छलफल हुदा अधिकांश सदस्यहरुले बिबादमा तानिएका निलम्बित छदमभेषी प्रवक्ता ओम भट्टराई एबं सल्लाहकार शिव मल्ललाई संस्थामा ल्याउदा जनमानसमा नराम्रो सन्देश जाने हुनाले उनीहरुलाई राजीनामाको लागी अनुरोध गर्ने यदि राजीनामा नगरेमा बर्खास्त गर्नु पर्ने धारणा राखेका थिए ।

बोर्डका पदाधिकारीको उपस्थित भएको बैठकको बहुमतले गरेको निर्णय लागु हुने ब्यबस्था भएकोमा अध्यक्षले निलम्बित ओम भट्टराई तथा सल्लाहकार शिव मल्ललाई ब्यक्तिगत निर्णय मौखिक रूपमा सुनाउदै बैठकको लाईन (जुम पद्धति बिच्छेद) काटेर अप्रत्यासित रूप संस्थाका पदाधिकारीहरुलाई अपमानित गर्दै आफ्नो सक्कली स्वरुप प्रस्तुत गर्दै बैठक टुंग्याएका थिए ।

यसै गरि उजुरीकर्ता,एनआरएनको शुद्धिकरणमा सहयोग गर्न खोज्ने, आजीवन सदस्य तथा छदम भेषीहरुको मुकुण्डो उतार्ने प्रशन्न संग्रौलाले एनआरएनको छविलाई धमिल्याउने,चरित्र हत्या गर्ने कार्यमा संलग्न हुने दुवैलाई आईसिसीले अनुसन्धानको दायरा बढाएकोमा ढिलै भए पनि न्याय मिल्ने कुराको आशा जागेको संग्रौलाले बताए ।

आईसीसीका महासचिव डा. हेम राज शर्माले राष्ट्रिय समन्वय परिषद युएसएका प्रवक्ता ओम भट्टराई र सल्लाहकार शिव मल्लको निलम्बन सम्बन्धमा मिति २६ जनवरी २०२० को को एनसीसी युएसएको बैठकको निर्णयलाई कायम राख्न निर्देशन गरिन्छ भनेको छ ।

यसको अर्थ गत २६ जनवरी २६,२०२० मा दुई छदमभेषीलाई निलम्बन गरि छानबिनको प्रक्रिया थालेको थियो । एनसिसी अमेरिकामा अनुशासन समिति नभएकोले आईसिसिको अनुशासन समितिले यो कारवाही सिफारिस गर्न सक्ने निर्णय भएकोले कारवाही प्रक्रिया आईसिसीले अगाडी बढाउने छ ।

एनआरएनए अमेरिकाको बिधान अनुसार कुनै पनी कार्यसूची (एजेण्डा)मा विवाद भएमा कार्यसमितिका सदस्यहरुबिच मतदानमा जानु पर्नेमा सदस्यहरुलाई नोट अफ डिसेन्ट (मतभेद टिपोट) सम्म लेख्न नदिएर नेतृत्वले संस्थाको विधानलाई हातमा लिने काम गरेको भनि शाह प्रति रोष प्रकट गरेका थिए ।