७ बैशाख २०८१, शुक्रबार
Follow Us

नर्वेमा नेपाली महिलाहरुलाई मेकअप सम्बन्धी तालीम

नेपालब्रिटेन डट कम्
१८ असार २०७७, बिहीबार ०५:०४

ओस्लो । एनआरएनए महिला फोरम नर्वेले ओस्लोमा रहेका नेपाली महिलाहरुलाई मेकअप सम्बन्धी तालीम दिएको छ । फोरमको आयोजनामा २८ जुन आइतबार ओस्लोमा एक दिने मेकअप ट्रेनिंग सम्पन्न भएको एनआरएनए एनसीसी नर्वेले जनाएको छ।

एनआरएनए, नर्वेको कार्यालयमा संचालन गरिएको तालीममा १३ प्रशिक्षार्थी सहभागी थिए । तालीममा रन्जना परियारले प्रशिक्षण दिएकी थिइन् । उक्त कार्यक्रमको संयोजन महिला फोरम एनआरएनए, नर्वेकी संयोजक सिता सुबेदीले गरेकी थिइन् ।

‘Let´s learn for living and giving’ भन्ने नाराका साथ संचालित यो ट्रेनिंगको मुख्य उदेश्य एनआरएनएमा महिला सहभागितालाई ससक्त बनाउनु रहेको एनआरएनए नर्वेले जनाएको छ ।