१२ बैशाख २०८१, बुधबार
Follow Us

नायिकाहरूमा बिजुली बिल आतंक

नेपालब्रिटेन संवाददाता
१८ असार २०७७, बिहीबार ०५:५१

मुम्बई । मासिक ७ देखि १० हजार रुपैयाँ घरको बिजुलीको बिल आउने गरेकोमा एक्कासिक ४० देखि ५० हजार रुपैयाँको बिल आएपछि बलिउड अभिनेत्रीहरू दिक्क भएका छन् ।

लक डाउनकै बेला काम बिजुली खबप भएको भन्दै दँग परेकी बलिउड अभिनेत्री तपसी पन्नुले यस्तो समस्या भोग्नु परेको हो । आफ्नो बिजुली बिल ७ सय गुना बढी आएको भन्दै यी अभिनेत्रीले ट्विट गरेकी थिईन् । त्यसपछि त्यहाँको बिद्युत कार्यालयले बिल सच्याएर उनलाई पहिलाकै हाराहारीको बिल पठायो ।

अर्की अभिनेत्री हुमा कुरैशीले पनि आफूलाई बिधुत कार्यालयले ठगेको बताएकी छिन् । अभिनेत्री हुमाका अनुसार उनको गत महिनासम्मा मासिक ५ हजार देखि ७ हजार रुपैयाँसम्म बिजुली बिल आउने गरेको थियो । तर यतीबेला आफूलाई एक महिनाकै ५० हजार रुपैयाँ बिल आएको हुमाले बताएकी छिन् ।

यी अभिनेत्रीले पनि एक ट्विट लेख्दै बिजुलीको बिल यसरी पछिल्लो महिना किन ८ सय प्रतिसत बढी आएको भन्दै प्रश्न उठाएकी छिन् । लकडाउनका कारण घरमा कुनै छायांकन पनि नभएको र त्यती धेरै पैसा उठ्ने गरी कुनै पनि प्रकारको बिजुली खपत हुने काम आफूले नगरेको बताएकी छिन् । यसलाई विधुत कार्यालयका कार्मचारीको लापरवाही भएको जिकिर गर्दै चर्को बिलको उनले विरोध गरेकी छिन् । अघिल्लो महिना मासिक ६ हजार रुपैयाँ बिल आएकेमा यसपटक कसरी ५० हजारको बिल आयो प्रस्ट पारियोस भन्दै हुमाले ट्विट मार्फत प्रतिप्रश्न गरेकी छिन् ।

बलिउड अभिनेता शाहरूख खानदेखि विभिन्न कलाकारहरूले यस अघि यसरी अनावश्यक चर्को रुपमा बिजुलीको बिल तिर्नु परेको भन्दै बिरोध गरिसकेका छन् । यसपटक अभिनेत्री हुमा र तपसी बिजुलीको महँगो बिलबाट पीडित भएका छन् ।