१५ चैत्र २०८०, बिहीबार
Follow Us

एनआरएन अमेरिकाको नवौं साधारणसभा शुरु

नेपालब्रिटेन डट कम्
१९ असार २०७७, शुक्रबार २३:०९

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको नवौं वार्षिक साधारण सभामा सुरु भएको छ ।
कोरोना भाइरसको संक्रमणका कारण संघले पहिलो पटक भर्चुवल साधारणसभा शुक्रवार साँझ शुरु भएको हो ।

अमेरिकाका अध्यक्ष सुनिल शाहको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुखअतिथि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली रहेका छन् ।

एनआरएन अध्यक्ष कुमार पन्त, उपाध्यक्ष डा. बद्री केसी, डा. हेम राज शर्मा लगायत संघका पदाधिकारी सहित करिब १ सय ५० जना भर्चुवल सभामा उपस्थित छन् ।

कार्यक्रममा नेपाली कांग्रेसका नेताद्धय डा. प्रकाशशरण महत, डा. शेखर कोइराला, लगायत गैरआवासीय नेपाली संघका सबै पदाधिकारी, सल्लाहकार सहित करिब ५० जनाले सम्बोधन गर्ने कार्यक्रमतय भएको छ ।

उद्धघाटन सत्रमा सरु गुरागाँईले कविता वाचन गरेकी थिइन् भने मुरारी गुरागाई राष्ट्रिय गीतको प्रस्तुती दिए ।

कार्यक्रमको संचालन एनआरएनए अमेरिकाका महासचिव पशुपति पाण्डेले गरेका छन् ।