६ बैशाख २०८१, बिहीबार
Follow Us

नेकपाभित्रको विवादप्रति विदेशस्थित ३५ देशका नेता तथा कार्यकर्ता चिन्तित

नेपालब्रिटेन डट कम्
२० असार २०७७, शनिबार १६:१५

लण्डन । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) भित्र पछिल्लो चरणमा बढीरहेको विवादप्रति पार्टींको विदेशस्थित भातृ संगठन प्रवासी नेपाली एकता मंचले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

नेपाली जनताको संघर्ष, बलिदान र समयक्रममा गठन-पुनर्गठन झेल्दै नेपाल र जनताको सुन्दर र न्यायपूर्ण भविष्य निर्माणका लागि स्थापित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष नेतृत्वबीच देखिएको विवाद र तिक्तताको अवस्थाप्रति विश्वभरका ३५  वटा प्रवासी नेपाली एकता मंचहरुको गम्भीर ध्यानाकर्षण भएको भन्दै शनिवार संयुक्त विज्ञप्ति जारी गरेका छन् ।

‘हाल उत्पन्न परिस्थितिलाई आपसी संवाद र छलफलबाट सुल्झाउनुको विकल्प नभएको’ भन्दै पार्टीलाई विधी, विधान, पद्धती र प्रकृयाबाट अघि बढाउन भनिएको छ । असार २० गते जारी गरिएको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘कम्युनिस्ट आन्दोलनको मर्मलाई आत्मसात गर्दै कार्यकर्ता र नेपाली जनताको चाहना बमोजिम अघि समस्याहरूलाई हल गर्नु आबस्यक छ ।’

यस्तो छ संयुक्त विज्ञप्ति

अहिले नेकपाभित्र देखिएको विवादका सन्दर्भमा संपूर्ण प्रवासी नेपाली एकता मंचहरूको तर्फबाट प्रेसित साँझा प्रेस विज्ञप्ति

अध्यक्षद्वय तथा नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) को केन्द्रीय कार्यालय धुम्बाराही काठमाडौं नेपाल
मार्फत,
नेकपा प्रवास समन्वय कमिटी, काठमाण्डौं ।

आदरणीय कमरेडहरू,
नेपाली जनताको संघर्ष, बलिदान र समयक्रममा गठन–पुनर्गठन झेल्दै नेपाल र जनताको सुन्दर र न्यायपूर्ण भविष्य निर्माणका लागि स्थापित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष नेतृत्वबीच देखिएको विवाद र तिक्तताको अवस्थाप्रति विश्वभरका प्रवासी नेपाली एकता मंचहरुको गम्भीर ध्यानाकर्षण भएको छ ।

हाल उत्पन्न परिस्थितिलाई आपसी संवाद र छलफलबाट सुल्झाउनुको विकल्प छैन । पार्टीलाई विधी, विधान, पद्धती र प्रकृयाबाट अघि बढाउनु आबस्यक छ । कम्युनिस्ट आन्दोलनको मर्मलाई आत्मसात गर्दै कार्यकर्ता र नेपाली जनताको चाहना बमोजिम अघि समस्याहरूलाई हल गर्नु आबस्यक छ ।

पार्टीका शीर्ष नेताहरुबीच पार्टी एकिकरणका बेला तथा त्यसपछि विभिन्न समयमा भएका सहमतिलाई आधार मानेर पार्टी एकतालाई थप मजÞबूत बनाउँदै सार्थक निष्कर्षमा पु¥याउनु अहिलेको आबस्यकता हो। यस बखत तीन करोड नेपाली जनताको भविष्य निर्माणको यात्रा तय गर्दै सिद्धान्त, राजनीति, संगठन र कार्यक्रम केन्द्रीत छलफल गर्न आग्रह गर्दछौं । हामीले भुल्नुहुन्न–सरकार संचालनका लागि जनताले झन्डै दुई तिहाई जनमत दिएका छन् । र, सो जिम्मेवारीको जवाफदेहिता आम नेपाली जनताहरूले चाहेका पनि छन् ।

शिर्ष नेता तथा दोस्रो पुस्ताका पार्टी नेताहरुलाई यस बेला जिम्मेवार र संयमित भई नेकपाको एकता कामय राख्नेतर्फ आ–आफ्नो क्षेत्रबाट सकारात्मक सन्देश प्रवाह गर्न पनि हामी हार्दिक अपील गर्दछौं । पार्टी एकताको मर्म र भावनालाई आत्मसात् गर्दै नेतृत्वका कमरेडहरूबाट भए गरेका गल्ती कमजोरीहरूलाई कमिटी प्रणाली मार्फत सच्याउने प्रण गरी सबैले पार्टी निर्णयलाई पालना गर्नु जरुरी छ।

पार्टी एकताका बाँकी काम तत्काल टुंग्याई पार्टी र सरकार दुवैलाई प्रभावकारी ढंगले संचालन गर्नु पर्दछ । दुई ठुला कम्यूनिस्ट पार्टीबीचको ऐतिहासिक एकतालाई कायम राखी नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने काम पनि बाँकी छ । यस सन्दर्भमा नेपाल र नेपालीको सुन्दर भविष्यका लागि सवै नेताहरुले सुझबुझपूर्ण काम गर्न हामी विनम्र अनरोध गर्दछौं ।

पार्टी जीवनमा फेरि यस्ता अन्यौल र संकटको अवस्था आउन नदिन “ऐतिहासिक एकता महाधिवेशन “को तयारीमा जुट्नु आबस्यक पनि देखिएको छ । अब संपूर्ण पार्टी पंक्तीलाई परिचालित गरी युवा पुस्ताका नेताहरूलाई नेतृत्व हस्तान्तरणको प्रकृया समेत अगाडि बढाउँदै बलियो पार्टी निर्माणको दिशामा एकवद्द भइ अघि बढ्न हार्दिक अनुरोध गर्दछौ ।

धन्यबाद सहित,

संपूर्ण प्रवासी नेपाली एकता मंचहरूको तर्फबाट

१. बेलायत
अध्यक्षः राजेन्द्र पुडासैनी
सचिवः सुरेश गौतम

२. अमेरिका
अध्यक्ष: प्रभु थापा
सचिव स् प्रकाश अधिकारी

३. बेल्जियम
अध्यक्ष: जीत लामा
सचिव: वोधराज पौडेल

४. अस्ट्रेलिया
अध्यक्ष: रमेश पाण्डे
सचिव: प्रवीण कंडेल

५. अष्ट्रिया
अध्यक्ष:धर्मराज खतिवडा
सचिव : रविचन्द्र भट्टराई

६.मलेशिला
अध्यक्ष: रमेशप्रसाद तिवारी
सचिव : दयाराम कुमाल

७. आयरल्याण्ड
अध्यक्ष: सुकमान लामा
सचिव: चन्द्रकला निरौला

८. स्पेन
अध्यक्ष: हेम शेर्पा
सचिव : अशोक किरण न्यौपाने

९. साउदी अवर
अध्यक्ष: शिवराज जैसी
सचिव: राजु खनाल

१०. इटाली
अध्यक्ष: धर्मराज पाण्डे
सचिव: हरीभक्त काराखेती

११. चेक
अध्यक्ष: उत्तम आचार्य
सचिव : यदुराम पन्थी

१२. जर्मनी
अध्यक्ष: चन्द्रकान्त आचार्य
सचिव: शम्भुप्रसाद पोखरेल

१३. पोर्चुगत
अध्यक्ष: गोविन्द पौडेल
सचिव : डोलराज भण्डारी

१४.पोल्याण्ड
अध्यक्ष: टंकबहादुर कटुवाल
सचिव: विनोदकुमार आचार्य

१५. फिनल्याण्ड
अध्यक्ष: कोमल पौडेल
सचिव : मनोज भुषाल

१६. फ्रान्स
अध्यक्ष: भक्त वाग्ले
सचिव: मनोज पौडेल

१७. रुस
अध्यक्ष: डा. मनमूर्ति भुर्तेल
सचिव: इन्द्रप्रसाद भुषाल

१८. स्विट्जरल्याण्ड
अध्यक्ष: अच्युतप्रसाद फूयाल
सचिव: विक्रम केसी

१९. साइप्रस
अध्यक्ष: रमिला राई
सचिव: केशव ठकुरी

२०. नर्वे
अध्यक्ष: विश्वास बजगाई
सचिव: सन्तोष भण्डारी

२१. बहराईन
अध्यक्ष: शालिग्राम पन्त
सचिव: नारायण विक

२२. इजरायल
अध्यक्ष: तिर्थ गौतम
सचिवःअनिरुद्र जोशी

२३. कतार
अध्यक्ष: चानक पोखेरल
सचिव : मोहन कार्की

२४. दक्षिण कोरिया
अध्यक्ष: परशुराम सापकोटा
सचिव : दिलिप धिताल

२५. क्यानडा
अध्यक्ष : रमेश थापा
सचिव : अशोक खड्का

२६. डेनमार्क
अध्यक्ष: उदयराज गौतम
सचिव : कृष्ण धानुक

२७.स्वीडेन
अध्यक्ष: मदन ढकाल
सचिव स् गंगाप्रसाद घिमिरे

२८. नेदरल्याण्ड्स
अध्यक्ष: प्रेमकाजी गुरुङ
सचिव : थानेश्वर गौतम

२९. कुवेत
अध्यक्ष: राजकुमार थापा
सचिव: मनु भुजेल मगर

३०. ओमान
अध्यक्ष: उमेश विक
सचिव: महेशप्रसाद न्यौपाने

३१. न्यूजिल्याण्ड
अध्यक्ष: आत्माराम खनाल

३२. मकाउ
अध्यक्ष: शीव थापा
सचिव : मनोज धामी

३३. हङकंङ
अध्यक्ष: जे.वि.ओख्राबु
सचिव : भक्त गुरुङ

३४. जापान
अध्यक्षः हवलचन्द्र लामा
सचिवः सालिकराम भण्डारी

३५. भारत
अध्यक्ष: लोकनाथ भण्डारी
सचिव: ईश्वरी भण्डारी