८ बैशाख २०८१, शनिबार
Follow Us

भर्चुवल बैठकमा भाडभैलो मच्चाउने विष्णु सुवेदी कांग्रेसबाट बर्खास्त (पत्र/ भिडियो सहित )

नेपालब्रिटेन डट कम्
२१ असार २०७७, आईतवार १९:०१

न्युयोर्क। नेपाली जनसम्पर्क समिति अमेरिकाको जुम बैठकमा आफनो पदीय आचारण विपरीत संस्थामा आच पु-याउने गतिविधी गरेको भन्दै विष्णु सुवेदीलाई केन्द्रिय सदस्यबाट निलम्बन गरिएको छ ।
नेपाली जनसम्पर्क अधिवेशन तयारी समिति अमेरिकाका सभापति आनन्द विष्टको अध्यक्षतामा बसेको समितिको टेलिफोन कन्फरेन्स बैठकले सुवेदीलाई निलम्बन गरेको हो । विष्ट सहित २४ सदस्यीय कार्यसमितिको निर्णय बमोजिम उनलाई निलम्बन गरिएको बिष्टले बैठकलाई जानकारी गराएका थिए ।
जनसम्पर्क समिति अमेरिकाका निवर्तमान संयोजक एवं केन्द्रिय सदस्य सुवेदी माथि गत जुन २८ मा जुम बैठकमा विष्ट लगायत काग्रेस सभापति शेरबहादुर देउवालाई गालीगलौज र संस्थालाई आ“च आउने गंभीर विषय उल्लघन गरेको आरोप लगाइएको थियो ।

सुवेदीलाई ७२ घन्टाको अवधि तोकेर यस सम्बन्धमा आफनो भनाई सहित स्पष्टीकरण दिन समितिका अनुशासन विभाग प्रमुख भोजराज थोकरलाई पत्रचार गर्न भनिएको छ । तोकिएको समयावधिमा पुर्व संयोजक विष्णु सुवेदीले स्पष्टीकरण नदिए स्वतः एक वर्षका लागी समितिको साधारण सदस्यबाट निलम्बन गर्ने र पार्टिको कृयाशिल सदस्य र महासमिति सदस्यबाट पनि निलम्बन गर्न पार्टिको अनुशासन विभागलाई थप कार्वाहीको निमित्त सिफारिस गर्ने निर्णय बैठकले गरेको छ ।

त्यस्तै सुवेदीले एकताको दोस्रो अधिवेशपछि निर्वाचित समितिलाई अहिले सम्म हरहिसाब फरफारक र बरबुजारथ नगरेको र संस्थाको वेभसाइटलाई आफनो नियन्त्रणमा लिएर अनाधिकृत रुपमा प्रयोग गरेको आरोप लगाउदै समितिका संचार विभाग प्रमुख गौतम दाहालले कार्वाहीको माग गदै समतिका अनुशासन विभाग प्रमुख भोजराज थोकर मार्फत सभापति विष्टलाई पत्र बुझाएका थिए ।

पार्टी सभापती शेर बहादुरको अपमान गर्दै के गरेका थिए सुबेदीले भिडियोमा हेरौ