१५ चैत्र २०८०, बिहीबार
Follow Us

बेलायतमा कोरोना संक्रमित मध्य २२ प्रतिशतमा मात्र लक्षण

नेपालब्रिटेन डट कम्
२४ असार २०७७, बुधबार ०६:४२

काठमाडौं । बेलायतको अफिस अफ नेशनल स्ट्याटिस्टिक्स (ओएनएस)का अनुसार कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित मानिसमा केवल २२ प्रतिशतमा मात्र यसको लक्षण देखिएको थियो । यससँगै बेलायतमा लक्षण नदेखिएका मानिसबाट कोरोना भाइरसको संक्रमण धेरै फैलिएको हुन सक्ने आशंका पैदा भएको छ ।

कोरोना भाइरसको संक्रमण देखिए पनि संक्रमितलाई नै थाहा नहुने भएको कारण उनीहरुबाट धेरै मानिसमा यो भाइरसको संक्रमण फैलिने जोखिम बढी रहेको पाइएको हो । बेलायतमा लगातार दोस्रो साता कोरोना भाइरसबाट मृत्यु हुनेको संख्यामा औसतभन्दा कम देखिएको छ ।

ओएनएसले यो सर्वेक्षणका लागि केवल १२० कोरोना संक्रमितको परीक्षण रिपोर्ट अध्ययन गरेको थियो । त्यसैले यो नतिजाको आधारमा निष्कर्षमा पुग्न नसकिने पनि विशेषज्ञहरुले बताएका छन् ।

अध्ययनका अनुसार स्वास्थ्य र समाज सेवामा काम गर्ने वा घरभन्दा बाहिर रहेर काम गर्ने मानिसलाई कोरोना भाइरसको जोखिम पनि बढी हुने गरेको पाइएको छ । नश्लीय अल्पसंख्यक मानिस र ठूलो परिवारमा बस्ने मानिसहरुमा कोरोना भाइरसको जोखिम बढी रहेको पाइएको थियो ।