८ बैशाख २०८१, शनिबार
Follow Us

हङकङमा विद्यार्थीहरुले राजनीतिक गतिविधि गर्न नपाउने

नेपालब्रिटेन डट कम्
२५ असार २०७७, बिहीबार १२:४०

लन्डन । हङकङका विद्यार्थीहरुले विद्यालयभित्र कुनै पनि राजनीतिक गतिविधि गर्न तथा संलग्न हुन नपाउने भएका छन्। हङकङका शिक्षामन्त्रीका अनुसार विद्यालयमा हस्ताक्षर कार्यक्रम, नारा लगाउने र कक्षा बहिस्कार गर्नेलगायतका राजनीतिक गतिविधिमा उनीहरुलाई प्रतिबन्ध लगाइएको हो।

गत वर्ष हङकङमा भएको प्रजातन्त्रवादी आन्दोलनमा हजारौं बालबालिकाहरु भेला भएका थिए । यस्तोमा एक हजार ६ सय बालबालिकाहरु हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ पनि परेका थिए । सोही कारण हङकङमा यस्तो नियम ल्याइएको हो।

हङकङमा नयाँ राष्ट्रिय चिनियाँ सुरक्षा कार्यालय खुलेकै दिन यस्तो नियम आएको बीबीसीले जनाएको छ । चीनले हङकङको लागि ल्याएको नयाँ नियममा हङकङमा बसेर चीन र हङकङको सरकारविरोधी गतिविधि गर्नुलाई अपराधको सूचीमा राखिएको छ । यससँगै हङकङको स्वतन्त्रताबारे आशंका पैदा भएको छ ।

हङकङका शिक्षामन्त्रीले विद्यालय विद्यार्थीहरुलाई राजनीतिक उद्देश्यका साथ प्रयोग गर्न नपाइने बताए । साथै अधिकारीहरुले विद्यार्थीहरुले मानव साङ्लो बनाएर आन्दोलन गर्न नपाइने र राजनीतिक सन्देश तथा नाराहरु लगाउन नपाउने बताएका छन् ।