६ बैशाख २०८१, बिहीबार
Follow Us

यी हुन् एनआरएनए युकेको चित्रकला प्रतियोगितामा सहभागि वालबालिकाहरु (नामसहित)

नेपालब्रिटेन डट कम्
२५ असार २०७७, बिहीबार १९:२५

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले आयोजना गरेको चित्रकला प्रतियोगिताको नजिता प्रकाशन गर्ने तयारी गरेको छ ।
संघकी अध्यक्ष पुनम गुरुङ्ग र महासचिव फडिन्द्र भट्टराईले विहीवार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको नतिजा आगामी भदौ ४ (अगष्ट २० तारिख) गते बाल दिवसको अवसर पारेर एक समारोहका बीच सार्वजनिक गरिने जनाएका छन् । संघका अनुसार प्रतियोगितमा ४६ जना वालबालिकाका ९६ वटा चित्र समावेश गरिएको छ ।

एनआरएनए यूके उपाध्यक्ष नारायण कंडेलको संयोजनमा संचालन गरिएको चित्रकला प्रतियोगितामा प्राप्त सृजनाहरुको मुल्यांकनको लागि विशेषज्ञहरु सम्मिलित एक समिति गठन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतियोगितामा सहभागि बालवालीकाहरु

1 Suraksha Kharel
2 Suraj Kharel
3 Basanta Kandel
4 Chelsea Gurung
5 Prashamsa Ghimire
6 Sushil Niure
7 Anushka Manandhar
8 Pranjal sapkota
9 Narayan Bhusal
10 Sujan Oli
11 Niska Luitel
12 Nelson Luitel
13 Rakin Bohora
14 Prince Sapkota
15 Karuna Sapkota
16 Sriddhi Aryal
17 Vivid Adhikari
18 Samriddhi Pokhrel
19 Diptanshu Shrestha
20 Eva Sapkota
21 DeepikaBhandari
22 Bikash bhandari
23 Utkristi paudel
24 Tia Acharya
25 Pranjil Pokharel
26 Erick Acharya
27 Manisa kandel
28 Arya Shrestha
29 Anshu suwal
30 Arjit Ghimire
31 Akrit Ghimire
32 AAKRITI BHATTA
33 Rakshya Acharya
34 Even Luitel
35 Khushi Kharel
36 Neeti Neupane
37 Samia Gole
38 Jenish Kunwar
39 Suraj Niure
40 Aviral Bhandari
41 Swikriti Acharya
42 Prachi Neupane
43 Suprime poudel
44 Kritika Karki
45 SNEHA KANDEL
46 Sumegha Gautam

एनआरएनए युकेद्धारा विज्ञप्तिको पूर्णपाठ

गैरआवासीय नेपाली संघ बेलायतले आयोजना गरेको चित्रकला प्रतियोगितामा ४६ जना बालबालिकाहरुद्वारा आआफ्नो चित्रकला मार्फताका सृजनाहरु समावेश भएको जानकारी गराउन चाहन्छौ ।
बेलायतमा कोरोना संक्रमणले गर्दा भएको लकडाउनमा विद्यालयहरु समेत बन्द अवस्थामा घरमै बस्न वाध्य बालवालिकाहरुलाई रचनात्मक क्रियाकलापमा सहभागी गराउने उद्देश्यले आयोजित चित्रकला प्रतियोगितामा उत्साहजनक सहभागिताको लागि सम्पूर्ण प्रतियोगी बालवालिका तथा अविभावकहरुमा सम्बन्धित सबैमा एनआरएनए यूके हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

एनआरएनए यूके उपाध्यक्ष नारायण कंडेलको संयोजनमा संचालन गरिएको यो चित्रकला प्रतियोगितामा प्राप्त सृजनाहरुको मुल्यांकनको लागि विशेषज्ञहरु सम्मिलित एक समिति मार्फत निश्चित मापदण्डको आधारमा निष्पक्ष र स्वतन्त्र मुल्यांकनको प्रक्रिया अवलम्वन गरिएको जानकारी समेत गराउन चहान्छौ।

यसै सन्दर्भमा प्रतियोगितामा सामेल जम्मा ९२ वटा चित्रकलाहरुको एउटा दस्तावेजको रुपमा रहने गरी रंगिन पुस्तिका समेत प्रकाशन गर्न लागिएको कुरा समेत जानकारी गराउन चहान्छौ ।

प्रतियोगिताको नतिजा आगामी भदौ ४ गते बाल दिवसको अवसर पारेर एक समारोहका विच सार्वजनिक गरिने छ । उक्त अवसरमा प्रतियोगितामा सहभागी सम्पूर्ण प्रतियोगीहरुलाई प्रमाणपत्र तथा विजयी प्रतियोगीलाई पुरस्कार वितरण गरिने छ ।

साथै सबै चित्रहरु सम्मिलित पुस्तिकाको वितरण समेत सोही दिन गरिने व्यहोरा अवगत गराईन्छ ।

गैरआवासीय नेपाली संघ बेलायत नयाँ पुस्ताका बालवालिकाहरु लाई नेपाल र नेपाली समुदायका गतिविधीमा संलग्न गराउन सदैव क्रियाशील रहेको छ ।

यसै अन्तर्गतको यो प्रतियोगितामा सहभागी प्रतियोगी, अविभावक तथा संयोजक र मुल्यांकन समिती प्रति एनआरएनए यूके हार्दिक आभार व्यक्त गर्दछ ।

पुनम गुरुङ्ग                                                            फडिन्द्र भट्टराई
अध्यक्ष                                                                  महासचिव

                                                                                             गैरआवासीय नेपाली संघ, युके