१३ बैशाख २०८१, बिहीबार
Follow Us

वेपत्ता भएका पूर्व राजदूत मोरिसको फुटेज सार्वजनिक (भिडियो)

नेपालब्रिटेन डट कम्
२५ असार २०७७, बिहीबार २०:१२

लन्डन । नेपालका लागि बेलायतका पूर्व राजदूत रिचर्ड मोरिस बेपत्ता भएको दुई महिना भन्दा बढी हुंदा उनको खोजि जारि रहेको ब्रिटिश प्रहरीले जनाएको छ।

प्रहरीले विहीवार एक भिडियो फुटेज सर्वजनिक गर्दै रिचर्डको खोजिमा सहयोग गर्न अपिल गरको छ । फेटजमा मा एक व्यक्ति लण्डन रोडको जङसन नजिकैको नेथह्याम लेनतर्फ दौडदै अगाडि बढिरहेको देखिन्छ। उक्त फुटेज मोरिसकै हो कि हैन भन्ने कुरा प्रहरीले अनुसन्धान गरिरहेको छ।

सो व्यक्ति रिचार्ड नै भए उनको अनुसन्धानमा थप मद्दत पुग्ने हुने प्रहरीको भनाइ छ। उनलाई अन्तिम पटक मे ६ तारिख बिहान १० ५० मा देखिएको थियो।

यसअघि प्रहरीले उनको अनुसन्धानसँग सम्वधित केही तस्बिरहरु सार्वजनिक गरेको थियो ।