८ बैशाख २०८१, शनिबार
Follow Us

खेम भण्डारीले ल्याए तीजको कोसेली, ‘घिन्की पकनी’

नेपालब्रिटेन डट कम्
२६ असार २०७७, शुक्रबार १७:४९

काठमाण्डौं _ लोकगायक खेम भण्डारीले ‘हाम्री आमाले पकाएको रोटी, सेल हो कि ठकनी’ बोलको तीज गीत बजारमा ल्याएका छन् । गाउँघरमा घन्किने सुमधुर र मिठा शब्दलाई टिपेर आधुनिक शैलीमा उनले प्रस्तुत गरेका छन् । भण्डारीकै शब्द रहेको गीतमा स्वर पनि उनकै छ । सन्तोष सुनामले एरेन्ज गरेको गीतको प्राविधिक पाटो भने मानबहादुर बराल मगरले सम्हालेका छन् ।

धनबहादुर थापामगरको कोरियोग्राफी र आदर्श थापामगरको ग्राफिक डिजाइन रहेको गीतका सहायक क्यामेरापर्सन मिथुन थापा हुन् । गीतको सम्पादन, सिनेमेटोग्राफी र निर्देशन बालकुमार मगरले गरेका छन् । गीतमा भरत गुरुङ र करन थापामगरले कोरसमा साथ दिएका छन् भने गीतको भिडियोमा सपना परियार, रमिता गुरुङ, अन्जना राना, सुप्रिया केसी लगायत फिचर्ड छन् ।

गायक भण्डारीले यसअघि पनि कलाकारको जिन्दगी, त्यो डाँडा पारी, मै नाच्छु लगायत झण्डै डेढ दर्जन भन्दा बढी गीत बजारमा ल्याइसकेका छन् ।
कोरोनाको महामारीका बीचमा सिमित साधन श्रोतका साथ दर्शक श्रोतालाई मनोरञ्जन दिनका लागि गीत ल्याएको उनले बताएका छन् ।