१३ बैशाख २०८१, बिहीबार
Follow Us

बेलायतमा संक्रमणबाट थप ११ जनाको मृत्यु

नेपालब्रिटेन डट कम्
२९ असार २०७७, सोमबार २०:१६

लन्डन । पछिल्लो २४ घन्टामा बेलायतमा कोरोना भाइरस (कोभीड–१९) को संक्रमणबाट थप ११ जनाको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । कोरोना संक्रमणका कारण मृत्यु हुने यो संख्या गत मार्च १२ पछिको सबैभन्दा कम हो । अन्य दिनको तुलनामा सप्तान्ततिर भने प्राय मृतक संख्यामा कमि हुने गर्दछ । मृतक संख्यामा कमि आउँदै गएका कारण बेलायतमा लकडाउनलाई निक सहज पारिँदै लागिएको छ ।

योसँगै बेलायतमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको कूल संख्या ४४ हजार ८ सय ३० पुगेको छ । यो संख्या बेलायतका अस्पताल तथा केयर होम लगायतको भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले बताएको छ । तर सरकारी तथ्याँकमा कोरोनासँग सम्बन्धित सम्पूर्ण मृतकलाई नसमेटिएको बताइएको छ । कोरोनासँग सम्बन्धित सबै मृतक संख्यालाई गणना गर्ने हो भने ५५ हजार ५ सय भन्दा बढी हुनसक्ने बताइएको छ ।

यस्तै बेलायातमा थप ५ सय ३० जनामा कोरोना पोजिटिभ भएको पुष्टि भएको छ । हालसम्म बेलायतमा २ लाख ९० हजार १ सय ३३ जनामा कोरोना संक्रमण भइसकेको छ । बेलायत कोरोना संक्रमणका कारण सबै भन्दा बढी मृत्यु हुने मुलुक अन्तरगत अमेरिका र ब्राजिल पछिको तेस्रो स्थानमा पार्दछ । यसैगरी सबै भन्दा बढी संक्रमण हुने मुलुक अन्तर्गत अमेरिका, ब्राजिल, भारत, रसिया, पेरु, चिली, स्पेन, मेक्सिको पछी नवौं स्थानमा बेलायत पर्दछ । हालसम्म विश्वभर कोरोनाको संक्रमणबाट ५ लाख ७३ हजार भन्दा बढीको ज्यान गैसकेको छ।