७ बैशाख २०८१, शुक्रबार
Follow Us

बाढीपहिरो पीडित राहत कोषमा सहयोग गर्न एनआरएनएको अपिल

नेपालब्रिटेन डट कम्
३१ असार २०७७, बुधबार ०४:५९

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढीपहिरो पीडित राहत कोष स्थापना पर्ने भएको छ । गैरआवासीय नेपाली संघका कोषाध्यक्ष महेशकुमार श्रेष्ठका अनुसार गत आइतबार सम्पन्न संघको पदाधिकारी बैठकले केही दिनदेखिको अविरल वर्षाका कारण नेपालका विभिन्न भागमा आएको बाढीपहिरो पीडितको सहयोगार्थ सो कोष स्थापना गर्न लागेको हो ।

नेपालका बिभिन्न क्षेत्रमा वर्षासँगै बाढीपहिरो र डुबानले हजारौं संख्यामा मानिसहरु घरबाहरविहीन र मानवीय तथा भौतिक क्षति भएपछि संघले उनीहरुका लागि सहयोग जुटाउन सक्रियता देखाएको हो ।

महाविपत्तीको बेला विदेशमा रहेका नेपाली समुदायको सानो सहयोगले ठूलो राहत पुग्नसक्ने भएकाले यो अप्ठ्यारो अवस्थामा सबै पक्षलाई एक भएर सहयोग गर्न श्रेष्ठले आव्हान गरेका छन् ।

राहत कोषमा राष्ट्रिय समन्वय समितिको तर्फबाट सहयोग गरिदिनु हुनका लागि संघका सम्पूर्ण राष्ट्रिय समन्वय समितिहरुलाई श्रेष्ठले अनुरोध गरे ।

नेपालका बिभिन्न क्षेत्रमा वर्षासँगै बाढीपहिरो र डुबानले सयौं परिवार विस्थापित भएका छन् । बाढीपहिरोमा परी यो साता मात्र करिब ५ दर्जन मानिसको मृत्यु भइसकेको छ भने करिब तीन दर्जन जना बेपत्ता छन् ।
…………………………………………………………………………………..
श्रीमान् अध्यक्ष ज्यू

राष्ट्रिय समन्वय परिषद

गैरआवासीय नेपाली संघ

“बाढीपहिरो पीडित राहत कोष“मा सहयोगको लागि हार्दिक अनुरोध !

अध्यक्ष महोदय,

कोरोना महामारीले उन्मुक्ती नपाउँदै नेपालमा अर्को विपत्ति आइलागेको छ । विगत केही दिनदेखिको अविरल वर्षाका कारण देशभरिको जनजीवन प्रभावित भएको सर्वबिदितनै छ। नेपालका बिभिन्न क्षेत्रमा वर्षासँगै बाढीपहिरो र डुबानले हजारौं संख्यामा मानिसहरु घरबाहर बिहिन भएका छन् अनि दर्जनौं मानिसहरुको मृत्यु भएकोछ। बाढीपहिरोका कारण नेपालका विभिन्न स्थानहरुमा ठूलो रुपमा मानविय तथा भौतिक सम्पतिको क्षती भएको छ ।

आफ्नो मातृभूमिमा परेको यो महाविपत्तीको वेला विदेशमा रहेका नेपाली समुदायको स-सानो सहयोगले ठूलो राहत पुग्नसक्ने भएकोले यस अप्ठ्यारो अवस्थामा वाढी तथा पहिरोबाट पीडित परिवारको सहयोगका लागि गैर आवासीय नेपाली संघले “वाढी पहिरो पिडित राहत कोष” स्थापना गरेको छ।

उक्त राहत कोषमा राष्ट्रिय समन्वय परिषद्को तर्फवाट सहयोग गरिदिनु हुनका लागि संघका सम्पूर्ण राष्ट्रिय समन्वय परिषद्हरुलाई हार्दिक अनुरोध गर्दछौं।

Transfer to NRNA Emergency Fund Account

Account No : 024010510000034

Beneficiary : NRNA Emergency Fund

Bank : Sanima Bank Limited., Alkapuri, Kathmandu

Swift : SNMANPKA

भवदीय,

कुमार पन्त महेश कुमार श्रेष्ठ

अध्यक्ष कोषाध्यक्ष

गैरआवासीय नेपाली संघ गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् अन्तर्राष्ट्रिय समन्वय परिषद्

मितिः १४ जुलाई २०२० ।